Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

शिवगढीमा पनि वडा स्तरीय प्रारम्भिक बालबिकास समिति गठन ।।

कपिलवस्तु -शिवगढीमा पनि वडा स्तरीय प्रारम्भिक बालबिकास समिति गठन गरिएको छ ।
बुधबार वडाका बुद्धिजीवी,सामजसेवी लगायत स्थानीयको उपस्थितिमा शिवगढीमा पनि वडा स्तरीय प्रारम्भिक बालबिकास समिति गठन गरिएको हो। शिवराज नगरपालिका वडा न ९ मा प्रारम्भिक बालशिक्षा ,बालसबलीकरणका लागि प्रारम्भिक सिकाई तथा बिकास कार्यान्वयन मापदण्ड परियोजना कार्यक्रम अन्तर्गत युनिसेफ नेपालको सहयोग सेतो गुराँस शिवराज नगरपालिका ९ को समन्वयमा गठन गरिएको हो ।
समितिले बालबालिका चौतर्फी बिकासका लागि वडाबाट बजेट विनियोजन गरि गर्व अवस्थामा रहेका देखि सबै बालबालिकाको शिक्षा ,र बिकासका लागि काम गर्ने बालबिकास संयोजक जगदेव प्रसाद धोवीले जानकारी दिनुभयो ।
बालबिकास र शिक्षाका लागि बिभिन्न सामाग्री वितरण, शिक्षकहरुलाई आवश्यक तालिम दिदै आएको सस्थाले नगरको सबै वडामा समिति गठन गरिसकेको पनि
संयोजक धोवीले बताउनु भयो ।
९ न वडामा वडा अध्यक्ष रामगोपाल चौधरी संयोजक रहने गरि ९ जनाको कार्यसमिति गठन गरिएको छ । कार्यक्रममा सहभागीलाई तालिम संयोजक भगवती थापा ,कार्यक्रम संयोजक अनिता शर्माले प्रशिक्षण दिनुभएको थियोे

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma