Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

युवा अमन नेपाल भारत मैत्री क्रिकेटको उपाधी कोटिहवा टिमलाई

मोफसल खबर
माघ ५
कपिलवस्तुको कृष्णनगर नगर नगरपालिका बहादुरगंजमा संचालन भएको युवा अमन सामाजिक विकास केन्द्र नेपाल भारत मैत्री पूर्ण क्रिकेट प्रतियोगिताको उपाधी कोटिहवाको टिमले जितेको छ ।


बहादुरगंज खेल मैदानमा भएको आज भएको फाइनल खेलमा बहादुगंज टिमलाई ७८ रनका विरुद्ध ३ विकेटले कोटिहवा टिमले जित हासिल गरेको हो । विजेता टिमलाई बधाइ दिदै कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले खेलले व्यक्तिलाई सदैब स्वास्थ राख्दै अनुशासनमा कटिबद्ध गराउने बताउनु भयो । खेलकुद प्रतियोगिताले खेलाडी विच अनुशासित र मित्रवत व्यवहारमा समेत परिर्वतन गर्ने नगर प्रमुख शाहले बताउनु भयो ।


आफु पनि यौवनकालको खेलाडी भएकोले खेल र खेलाडीको महत्व बोध भएको बताउदै बहादुरगंजको खेल मैदानलाई व्यवस्थित गरी खेल मैदान बनाउन नगरपालिकाले पूर्ण सहयोग गर्ने उहाँले बताउनु भयो । युवा क्लबले मैदानलाई व्यवस्थापन गरे नगरपालिकाबाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता मेयर शाहले गर्नु भयो ।मेयर शाहले उप विजेता बहादुरगंज टिमलाई पनि उत्कृष्ट प्रर्दशन गरेको भन्र्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न हौसला प्रदान गर्नु भयो ।


बहादुरगंज खेल मैदानमा भएको नेपाल भारत मैत्री पूर्ण खेलको समापन सत्रमा नेपाल समाजवादी पार्टिका कपिलवस्तु जिल्ला अध्यक्ष रामनिवास पुरी , कृष्णनगर नगरपालिका योजना शाखा प्रमुख शाकिर अहमद खाँ , समाजसेवी युवा नेता निर्भय सिह लगायतको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma