Developed By Kuldeep Sharma

२ हप्ता अगाडि

सभामुख घिमिरेद्वारा पदभार ग्रहण

काठमाण्डाै – नवनिर्वाचित सभामुख देवराज घिमिरेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै घिमिरेले लैनचौरमा रहेको शहीद  स्मारक गएर शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

शहीदप्रति श्रद्धाञ्जली अर्पण पछि उहाँ सिंहदरबारमा रहेको कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहणपछि उहाँले नवनिर्वाचित सांसदहरुका लागि संसदीय प्रक्रिया र कार्यक्रम सञ्चालन गर्न स्वीकृत दिने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

नेकपा एमालेका सांसद घिमिरे हिजो प्रतिनिधि सभाको सभामुखमा निर्वाचित हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma