Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

काठमाण्डौसहित देशका धेरै ठाउँमा चिसो : आज पहाडी क्षेत्रमा मौसम आंशिक बदली

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा केही दिनदेखि चिसो बढेको छ । मौसम बदली हुँदा र घाम नलाग्दा चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका धेरै ठाउँमा उच्चतम र न्यूनतम तापक्रम घटेका कारण पनि चिसो महसुस गरिएको महाशाखाका मौसमविद् बिनु महर्जनले बताउनुभयो । कतैकतै फाट्टफुट्ट हिमपात भएकाले पनि चिसो बढेको छ । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

आज पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली र मधेस प्रदेश तथा प्रदेश एकमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

आज काठमाण्डौ उपत्यकामा बिहान न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको थियो । काठमाण्डौको उच्चतम तापक्रम हिजो १८ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यस्तै जोमसोम, जिरी र जुम्लामा न्यूनतम तापक्रम माइनसमा रहेको छ ।

जोमसोममा माइनस ६ दशमलव ५, जुम्लामा माइनस ३ र जिरीमा माइनस १ दशमलव ३ डिग्री रहेको छ । पोखरामा ४ दशमलव ९, भैरहवामा ८, डडेलधुरामा ५, दिपायलमा ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma