Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

महाशिबरात्री पर्व भब्य रुपमा मनाउन छलफल

महाशिबरात्री २०७९ को अवसरमा हरेक बर्ष कपिलवस्तु जिल्ला कै धार्मिक तथा पर्यटकिय किल्ला मन्दिर शिबगढिको प्रबेश द्वार शिबराज नगरपालिका १ धान खोलाको शिव मन्दिर् मा हुने बिबिध धार्मिक एवम सास्कृतिक कार्यक्रम गर्ने बिषयमा सरोकार वाला हरु सग छलफल भएको छ ।


धानखोलाको शिव मन्दिर प्राङ्गणमा सरोकार वाला सग छलफल गर्दै महाशिबरात्रीको दिन भक्तजनलाई ब्यबस्थित रुपमा दर्शन गराउन र शिबगढी मन्दिर सम्म जाने भक्तजनहरुलाइ सजह बनाउन छलफल गरिएको हो ।
शिबगढिको प्रबेश द्वार शिबराज नगरपालिका वडा न ९ रमुवा दहमा बिगतका बर्ष जस्तै यस बर्ष पनि बिबिध धार्मिक एवम सास्कृतिक कार्यक्रम हुने आयोजक शिबगढी साइनिङ स्टार युवा क्लबले जनाएको छ । बिगतका बर्षमा शिबगढी पर्यटन बिकास सस्थाले गर्दै आएको सास्कृतिक कार्यक्रम यस बर्ष क्लबले आयोजना गर्ने प्रकाश रोकाले बताउनु भयो । महा शिबरात्रीको अवसरमा फागुन ४ , ५ र ६ गते राष्ट्रिय तथा स्थानिय कलाकारहरु प्रस्तुती सहितको सास्कृतिक कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma