Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

चन्द्रौटामा सेयर कारोवारको लागी ,व्रोकर कार्यालय स्थापनाको तयारी

कपिलवस्तु चन्द्रौटामा सेयर कारोवार गर्नेहरुको सजिलोको लागी व्रोकर कार्यालय स्थापनाको लागी तयारी अगाडी वढेको छ । नेपाल धितोपत्र बोर्डले भिजन सेक्युरिटिज प्राली काठमाण्डौलाई व्रोकर कार्यालयको साखा स्थापनाको लागी पुर्वाधार तयार गर्न भनेको छ । वोर्डले भिजन सेक्युरिटिज प्रालीलाई कपिलवस्तुको चन्द्रौटा , कैलालीको टिकापुर , कास्कीको विरौटा र ईलाममा व्रोकर कार्यालय स्थापनाको लागी पुर्वाधार निर्माण गरी वोर्डमा जानकारी गराउन अनुरोध गरेको छ । वोर्डको निर्देशन पछि चन्द्रौटामा कार्यालय स्थापनाको लागी आवश्यक प्रक्रिया सुरु गरिएको भिजन सेक्युरिटिजका कृष्ण अधिकारीले जानकारी दिनुभयो । उहांले कार्यालय स्थापना पछि सेयर वजारमा कारोवार गर्नेहरुलाई धेरै सजिलो हुने विश्वास व्यतm गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma