Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

नेपाल कराते महासंघको प्रथम लुम्बिनी प्रदेश भेला तथा अधिवेशन सप्पन्न ।। अध्यक्षमा बस्नेत निर्वाचित ।।

नवराज पौडेल कपिलवस्तु ,,


नेपाल कराते महासंघको प्रथम लुम्बिनी प्रदेश भेला तथा अधिवेशन सप्पन्न भएको छ । शनिबार रुपन्देही उपमहानगरपालिका १० बुटवलमा भएको भेलाले १५ सदस्यीय प्रदेश समिति चयन गरेको छ । लुम्बिनी प्रदेशका १२ जिल्लाका कराते खेलका खेलाडी तथा प्रशिक्षक हरुको सहभागीतामा सम्पन्न भेलाबाट अध्यक्षमा, दाङका कराते प्रशिक्षक पदम बस्तेत उपाध्यक्षमा नवलपरासीका गोपि पुन उपाध्यक्षमा बाकेका रमेश डागी,सचीवमा कपिलवस्तुका जिल्लाका रामु सुनार, कोषअध्यक्षमा बाकेकी रिना राना निर्बिरोध निर्वाचित भएका छ्न ।

यसैगरी सदस्यमा क्रमश सबिना आचार्य, धन बहादुर पुन,लोकेन्द्र घर्ती मगर,अमर बहादुर, कृति बहादुर शाही,स्वदेश बुढा मगर, मनिराम चक्रवती,र प्रकाश पुन,निर्वाचित भएका छ्न ।

भरत बहादुर के.सीको अध्यक्षतामा सम्पन्न भेलालाई सम्बोधन गर्दै लुम्विनी प्रदेशका सदस्य सचिव जय प्रकाश भट्राईले कराते खेलमा भएका कमीकमजोरी सुधार गरि स्वच्छ रुपमा कराते खेलको विकास गर्न अनुरोध गर्नुभयो । अन्र्तराष्टिय रुपमा छवि बनाउन सफल भएको खेललाई राज्यले उपेक्षित गरेकोले यसका लागी आफुले पहल गर्ने बताउंदै कराते खेललाई प्राथामिकता दिई खेल विकासमा टेवा पुराउने बताउनुभयो । भेलाई नेपाल कराते महांसंघका केन्द्रिय सदस्य अमर राई, बलराज नेपाली,रिषिराज पौडेल,कपिल गौतम,उमेश थापा,मिन प्रसाद पोख्रेल,गोपी पुन लगाएतले सम्बोधन गदै नया समितीका पदाधिकारीलाई हार्दिक बधाई तथा शुभकामना प्रदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma