Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

५ बुदे चन्द्रौटा घोषणा पत्र जारी गर्दै अकोराव लुम्विीनीको साधरण सभा सम्पन्न ।।

कृष्ण गैरे , चन्द्रौटा कपिलवस्तु
सामुदायिक रेडियो प्रसारक संघ लुम्विनी प्रदेशको ५ औ वार्षिक साधरण सभा तथा प्रदेश भेला सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगरपालीका वडा २ चन्द्रौटामा आयोजना भएको सधारण सभाले ५ वुदे प्रदेश घोषणा पत्र जारी गरेको छ । अकोराव लुम्विनी प्रदेशको साधरण सभालाई उदघाटन गर्दै लुम्विनी प्रदेश सरकारका उधोग पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकी प्रसाद यादवले सामुदायिक रेडियोको दिगो विकासका लागी प्रदेश सरकारले निति निर्माण गर्ने वताउनुभएको छ ।
ग्रामीण क्षेत्रका जनताको पहुंच नै रेडियो भएकाले रेडियो संरक्षणको लागी प्रदेश सरकार सकारात्मक रहेको वताउनुभयो । उहांले सरकार र जनतालाई जोडने माध्यम संचार भएकाले सहकार्य गर्न ईच्छुक रहेको वताउन्ुभयो । सामुदायिक रेडियो प्रसारक संघ अकोराव केन्द्रीय अध्यक्ष अर्जुन गीरीले सामुदायिक रेडियोहरुको समस्यामा सरकार संग पटक पटक वर्ता गरिरहेको वताउनुभयो । उहांले सरकारले स्पष्ट निति वनाएर सामुदायिक रेडियोलाई अगाडी वढाउनुपर्ने वताउनु्भयो ।
शिवराज नगरपालिका नगरप्रमुख सामुदायिक रेडियोहरुको विकास र संचालनको लागी स्थानीय सरकारले वजेट निर्माण गर्ने वताउनुभयो । उहांले स्थानीय नागरीकको आवाज वोल्न सामुदायिक रेडियोहरुलाई सुझाव व्यतm गर्नुभयो ।
लुम्विनी प्रदेशका ७० ओटा सामुदायिक रेडियोका प्रतिनिधिहरुको उपस्थीतीमा सम्पन्न भएको सधारण सभामा प्रदेश अध्यक्ष राजु खरालले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै लुम्विनीमा सामुदायिक रेडियोहरु समस्यामा रहेको वताउनुभयो । उहांले देशमा उत्पन्न आर्थिक तरलताको कारण रेडियोहरु समेत वन्द हुने अवश्थामा रहेको वताउन्ुभयो । स्थानीय र प्रदेश सरकारले निति निर्माण गरी सामुदायिक रेडियोको संरक्षण गर्नुपर्ने वताउनुभएको हो । उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य जमसेर अली मिया , व्यापार संघका केन्द्रीय सदस्य महादेव पोख्रेल , चन्द्रौटा उधोग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डे पत्रकार महासंघ कपिलवस्तु सभापति किरणमान व्रर्जाचार्य लगाएतले सामुदायिक रेडियोहरु संग सहकार्य गर्ने वताउनुभएको छ ।
कार्यक्रमको अवसरमा सामुदायिक रेडियो प्रसारक संघका पुर्व अध्यक्ष मोहन चापागाई , प्रदेशका संस्थापक अध्यक्ष केपी घिमिरे र पुर्व उपाध्यक्ष तुल्सीराम यादवलाई सम्मान गरिएको छ । कार्यक्रम प्रदेश सचिव वालकृष्ण पाण्डेको संचालन र प्रदेश सदस्य सरद अधिकारीको स्वागतमा सम्पन्न भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma