Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

शिवराजका ५० जनाको निशुल्क बिमा

जस्मिन मनि ट्रान्सफर चन्द्रौटाले शिवराज नगरपालिका भित्रका बिपन्न परिवारका ५० जना व्यक्तिहरूको रू.२ लाख बराबरको बिमा नि:शुल्क गराइएको छ, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लि . द्वारा एक कार्यक्रमको आयोजना गरी बिमा पोलिसी हस्तान्तरण गरिएको थियो । बिमित हरूलाइ प्रमुख अतिथि नगर प्रमुख अजय थापाले बिमा पोलिसी बुक हस्तान्तरण गर्नुभएको थियो । आगामी महिना पनि विपन्न नागरिकलाई उक्त कार्यक्रम लागू गरिने जस्मिन मनि ट्रान्सफरका सचालक आर एन खानले बताउनु भयो ।
कार्यक्रममा शिवराज नगरपालिकाका मेयर अजय थापाले विपन्न नागरिकको बिमा गरेर नगरको महत्त्वपूर्ण जिम्मेवारीमा सहयोग गरेको बताउनुभयो ।
साथै महालक्ष्मी लाइफ इन्स्योरेन्सका ट्रेनिङ तथा एजेन्सी हेड सिताराम धिताल , मार्केटिङ म्यानेजर यमलाल न्यौपाने , बुटवल शाखाका प्रबन्धक गणेश भुसालको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma