Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

उधोग वाणिज्य महासंघ निर्वाचन : मिंयाद्धारा पुन केन्द्रीय सदस्यमा उम्मेदवारी

१० , चैत कपिलवस्तु
उधोग वाणिज्य महासंघको आउदो चैत २८(२९ गते काठमाण्डौमा हुने महाधिवेशनमा महासंघका केन्दीय सदस्य जमसेर अली मिंयाले पुन केन्द्रीय सदस्यमा उम्मेदावरी दिनुहुने भएको छ । लामो समय चन्द्रौटा उधोग वाणिज्य संघको नेतृत्व समाल्नुभएका निवर्तमान अध्यक्ष मिंया काठमाण्डौमा भएको अघिल्लो महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचीत हुनुभएको थियो ।
महासंघको विधानमा दुईपटक केन्दीय सदस्य भएको व्यक्तीले मात्र पदाधिकारीमा दावी गर्न पाउने व्यवस्था वमोजीम उहांले पुन केन्द्रीय सदस्यमा उम्मेदावरी दिन लाग्नुभएको वताईएको छ ।
चुनावी अभियानको लागी लुम्विनी प्रदेशका १२ ओटा जिल्लामा भेटघाटमा व्यस्त रहनुभएका मिंयाले लुम्विनी प्रदेशको तर्फवाट केन्द्रीय सदस्यमा आफनो उम्मेदावरी रहेको वताउनुभएको छ । व्यवसाय र व्यवसायिहरुको समस्या एवंम देशमा देखिएको आर्थिक तरलताको समाधानको लागी आवाज उठाउनु आफनो प्रमुख एजेण्डा भएको उम्मेदावर मिंयाले वताउनुभएको छ । उहांले अघिल्लो निर्वाचनमा पाएको साथ र त्यसपछि आफुले गरेका सकरात्मक प्रयासहरु नै जितको आधार भएको दावी गर्नुभएको छ ।
यसै विच मिंयालाई विजयी वनाउन चन्द्रौटा उधोग वाणिज्य संघले सवै उधोगी व्यवसायीहरुलाई अनुरोध समेत गरेको छ । चन्द्रौटा उधोग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले संघका निवर्तमान अध्यक्ष एवंम हालका केन्दीय सदस्य जमसेर अली मिंयालाई पुन केन्दीय सदस्य पदमा मतदान गर्न आग्रह गर्नुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma