Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

दशतिर फर्केकाहरुबाट देशमा आर्थिक संकट : पूर्व प्रधानमन्त्री ओली

कपिलवस्तु चैत्र ११ गते,
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दशतिर फर्किएकाहरुले देशलाई आर्थिक संटक तर्फ धकेलेको दावी गर्दै एमालेको सरकारका पालामा शुभारम्भ गरेका राष्ट्रिय गौरवका योजना आर्थिक संकटका कारण रोकिएको दावी गर्नु भयो । अध्यक्ष ओलीले एमाले प्रति चौतर्फी घेराबन्दी, हमला भएको दावी गर्दै नेकपा (एमाले) ले थालनी गरेका राष्ट्रिय गौरवका योजना कार्यान्वयनका निम्ति वडा देखि प्रतिनिधी सभा सम्म मिसन एकाउन्न प्रतिशत निर्वाचित हुनुपर्नेमा जोड दिनु भयो । अध्यक्ष ओलीले नेकपा एमाले वैचारिक, संगठनात्मक, समृद्ध, सम्पन्न समाज बनाउने र देशलाई गरिवीतर्फ धकेल्नेहरु बीचको लडाई लडि रहेको दावी गर्नु भयो ।
पूर्व प्रधानमन्त्री ओलीले आफ्नो सरकाकरका पालामा हुलाकी सडक, मदन भण्डारी सडक, रेल वे, अपर तामाकोशी, मेलम्ची खानेपानि, तुइन समाप्त पार्ने जस्ता महत्वपूर्ण अभियानलाई कार्यान्वयन गर्दै देशो आर्थिक वृद्धिदर ७ प्रतिशत बढी भएको दावी गर्नु भयो । अध्यक्ष ओलीले आफुहरुको पालामा युवा विदेश जाने क्रम १८ प्रतिशतले न्यून रहेको दावी गर्नु भयो । पूर्व प्रधानमन्त्री ओलीलले नागरिकलाई समान अधिकार, सामाजिक न्याय सहितको समानता चाहेको चर्चा गर्दै समाजलाई सदाचारयुक्त, शुसासनयुक्त समाज निर्माण गर्दै देशको स्वाधिनता, स्वतन्त्रता, भूमिको रक्षा गर्न, देशको स्वाभिमान र गौरव बढाउन, बलियो राष्ट्र बनाउन नेकपा एमालेको नेपाली जनताको पार्टी एमालेको बलियो संगठन आवश्यक रहेको चर्चा गर्नु भयो । पूर्व प्रधानमन्त्री ओलीले पार्टी कार्यकर्तालाई स्वार्थमा केन्द्रित नभई, समाजको नमुना योग्य, आदर्श नागरिक बन्न आग्रह गर्दै पार्टीको उद्देश्य प्राप्ती गर्ने काममा लाग्नुपर्नेमा जोड दिनु भयो ।
नेकपा (एमाले) ले देश ब्यापी रुपमा संचालन गरेको मिसन ग्रासरुट (पार्टी सुदढीकरण तथा विस्तार) अभियान अन्तर्गत जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने यस्तो धारणा राख्नु भएको हो ।

May be an image of 10 people, people standing and people sitting
प्रशिक्षण कार्यक्रममा एमाले एमाले सचिव एवम् पूर्वमन्त्री छविलाल विश्वकर्माले जनताका मुद्धालाई स्पष्टसंग बुझ्ने र जनताका कुरा सुन्ने काम मिसन ग्रासरुट अभियान मार्फत हुने स्पष्ट पार्नु भयो । नेता विश्वकर्माले सालै स्ववियु निर्वाचनको परिणामबाट पनि नेकपा एमालेको शक्ति र पार्टी प्रति युवा पुस्ताको आकर्षण स्पष्ट भएको जिकिर गर्नु भयो । नेता विश्वकर्माले यस पटकको मिसन ग्रासरुट अभियान नेता स्वयमको पनि अग्नि परीक्षा रहेको दावी गर्नु भयो । मिसन ग्रासरुट अभियान मार्फत पार्टीलाई एकतावद्ध बनाउदै अगाडी बढनुपर्नेमा जोड दिनु भयो ।
जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले मिसन ग्रासरुट मार्फत जनताका समस्या समाधान बल पुग्ने दावी गर्नु भयो ।
प्रशिक्षण कार्यक्रममा एमाले नेतृ राधिका शाक्य, एमाले सचिव एवम् पूर्व मन्त्री छविलाल विश्वकर्मा, नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका पूर्व मुख्य मन्त्री भिम आचार्य, स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख डा. राजन भट्टराई, एमाले पोलिट ब्यूरो सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्य मन्त्री लिला गिरी, एमाले स्थायी कमिटी सदस्य दधिराम न्यौपाने, एमाले पोलिट ब्यूरो सदस्य , लुम्बिनी प्रदेशका सहइन्चार्ज एवम् राष्ट्रिय सभा सदस्य विमला घिमिरे, नेकपा (एमाले) का केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री वृजेश कुमार गुप्ता, नेकपा (एमाले) का केन्द्रिय सदस्य, कपिलवस्तु इन्चार्ज एवम् कपिलवस्तु क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य बलराम अधिकारी, एमाले केन्द्रिय सदस्य भूमिश्वर ढकाल, एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पंथी, एमाले केन्द्रिय सदस्यहरु मेनका पोख्रेल, सीता न्यौपाने, पशुपति दयाल मिश्रा, मो. हसन हलवाई, सजिदा सिद्धिकी, एमाले प्रतिनिधी सभा सदस्य मंगल प्रसाद गुप्ता, अमृता अग्रहरी, एमाले नेता भानुप्रकाश श्रेष्ठ, झविलाल पोख्रेल, प्रदेश सभा सदस्य अर्जुन केसी, मधुसुधन शरण चौधरी, नवराज लामिछाने लगायतका नेकाहरुको आतिथ्यता रहेको एमाले कपिलवस्तुले जनाएको छ ।
एमाले जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता, उपाध्यक्ष विश्राम प्रसाद चौधरीको स्वागत मन्तब्य र एमाले जिल्ला उपसचिव शुसिला दरलामीको संचालनमा जिल्लाको सिद्धार्थ क्याम्पसको सभाहलमा सम्पन्न जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा एमालेका केन्द्रिय नेता, प्रदेश स्तरीय नेता, एवम् जिल्ला तथा पालिका स्तरका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma