Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

शिवगढीकाे केवलकार समाजबादी मोडेलमा बनाउने चाहना छ ,महासचिव बिप्लव ।।

कपिलवस्तु -शिवगढीकाे केवलकार समाजबादी मोडेलमा बनाउन छलफल भइरहेको नेकपाका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले बताउनु भएको छ ।

शिवगढीको बनियाभारमा अवस्थित सरस्वती मा बि बनियाभारको १९ औ वार्षिकोत्सब अबिभावक दिवस तथा परिक्षा प्रकाशन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव बिप्लवले शिवगढी केवलकार बनाउने तर चन्दागिरी,र मनकामनाको जस्तो ब्यक्ति मालिक बन्ने गरि नभई जनता मालिक बन्ने गरि समाजबदी मोडेलमा बनाउन छलफल शुरु गरेको महासचिव बिप्लवले बताउनु भएको हो ।
शिवगढी केवलकार बनाउन स्थानीय ब्यापारी उद्योगपति र केन्द्र सरकारसंग छलफल भइरहेको र नगरका हर नागरिक मालिक बन्ने गरि तयारी थालेको उहाको भनाइ छ ।
आर्थिक अभावका कारण टाढा पढ्न जान नसक्ने विद्यार्थीका लागी कलेज खोल्ने देखि स्थानीय युवाहरूलाई कसरी स्वदेशमा नै स्वरोजगार बनाउन सकिन्छ भन्ने विषयमा आफू चिन्तित रहेको पनि उहाले बताउनु भयो ।
गैरजिम्मेवार शिक्षकले नै निशुल्क शिक्षाको बिरोध गर्ने गरेको नगरप्रमुख अजय थापाले बताउनु भएको छ । कमजोर विद्यार्थी ,विद्यालय जिर्ण ,विद्यार्थी संख्या न्यून हुनु विद्यालय ब्यवस्थापनको लापरबाही ,प्रधानध्यापक र शिक्षकहरुको गैर जिम्मेवारीका कारण भएको नगरप्रमुख थापाले बताउनु भएको हो ।
निशुल्क शिक्षाले नगरका विद्यार्थीलाई प्रत्यक्ष फाइदा पुगे पनि विद्यालय जाने आफ्नो जिम्मेवारी प्रति उत्तरदायी नहुने घाम ताप्ने फर्कने गैर जिम्मेवार शिक्षकले निशुल्क शिक्षाको बिरोध गर्नु ठिक नभएको बताउदै नगरप्रमुख थापाले,जसरी पनि निशुल्क शिक्षा लागु गर्ने सरस्वती मा बि बाट अरु विद्यालयले पाठ सिक्नुपर्ने बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma