वैशाख २८ , मोफसलखवर
उधोग वाणिज्य महासंघका नवनिर्वाचीत केन्द्रीय सदस्य जमसेर अली मिंयालाई चन्द्रौटा उधोग वाणिज्य संघले वधाई तथा सम्मान व्यक्त गरेको छ । चन्द्रौटामा एक कार्यक्रमको आयोजना गरी चन्द्रौटा उधोग वाणिज्य संघका संस्थापक एवंम निवर्तमान अध्यक्ष मिंयालाई वधाई तथा सफल कार्यकालको सुभकामना व्यक्त गरिएको हो ।
गएको चैत २८ र २९ गते काठमाणडौंमा भएको महासंघको महाधिवेशनवाट उधोगी मिंया केन्द्रीय सदस्य पदमा निर्वाचती हुनुभएको थियो । सम्मान पछि शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी चौधरी , आन्तिरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख उद्धव पौडेल , ईलाका प्रसासन कार्यालय चन्द्रौटाका प्रमुख वावुराम अर्याल , व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल , चन्द्रौटा उधोग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डे लगाएतले सफल कार्यकालको सुभकामना व्यक्त गर्नुभएको थियो ।
सम्मान ग्रहण गर्दै केन्द्रीय सदस्य जमसेर अली मिंयाले मुलुकको अर्थतन्त्र संकटग्रस्त भएकाले व्यपारी व्यवसायि समस्यमा परेको वताउनुभएको छ । उहांले आगामी वजेटवाट अर्थतन्त्र सुधार हुनेखाले कार्यक्रम लागु गर्नुपर्ने वताउनुभयो । मिंयाले सरकारलाई अर्थतन्त्र सुधारको लागी उधोग वाणिज्य महासंघले २२ वुदे सुझाव पत्र दिएकाले सुधार हुने अपेक्षा रहेको वताउनुभयो । कार्यक्रम संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेको अध्यक्षता , उपाध्यक्ष नारायण भाट क्षेत्रीको स्वागत र महासचिव राजकुमार क्षेत्रीको संचालनमा सम्पन्न भएको हो ।
प्रतिक्रिया