Developed By Kuldeep Sharma

११ महिना अगाडि

लुम्बिनी प्रदेशमा आज दुई मन्त्री थपिँदै

काठमाडौं – लुम्बिनी प्रदेशमा सोमबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ। रिक्त रहेका ६ मध्ये दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्न लागिएको हो।
आइतबार बसेको लुम्बिनी प्रदेश मन्त्रीपरिषदको बैठकले मन्त्रालयको संख्या थपघट नगर्ने र राज्यमन्त्री पनि नराख्ने निर्णय गरेको छ । उसका कारण चार रिक्त मन्त्रालयमा आज दुई जनालाई मन्त्री बनाउने तयारी भएको हो। कांग्रेसबाट राजु खनाल र जसपाबाट भण्डारीलाल अहिर मन्त्री बन्दै छन्।

मन्त्रिपरिषद विस्तारको सम्भावना भए पनि शपथको तयारीका लागि औपचारिक जानकारी आई नसकेको प्रदेश प्रमुख कार्यलयका सचिव प्रल्हाद पोख्रेलले बताए। दुई मन्त्री थपिए पनि लुम्बिनी सरकारले पूर्णता पाउने छैन।

कांग्रेस र माओवादीबाट दुई–दुई मन्त्री नियुक्त हुन बाँकी छन्। कांग्रेसले मुख्यमन्त्रीसहित चार, माओवादीले तीन मन्त्रालय पाउने सहमति भएको छ। जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीले भने एक–एक मन्त्रालय पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma