Developed By Kuldeep Sharma

११ महिना अगाडि

+2 पछी के ?

अमृत पन्थी,

बुद्धभूमि कपिलवस्तु ।

कक्षा 12 को परिक्षा सम्पन्न भएसगै धेरै विद्यार्थीको मनमा र घर परिवारका मनमा यो प्रश्न उत्पन्न भएको छ ।कि यहाँ बसेर आफ्नो शिक्षालाई निरन्तर दिनेकि ? कि विदेश गएर आफ्नो उच्च शिक्षा हासिल गर्न ? भनेर प्रश्न उत्पन्न भएका हुन्छन् र भएका नि छन ।

विद्यार्थीले आफ्नो र अभिभावक आवस्था हेरेर मात्र निण‍‍य लिनु पर्छ । जस्ले गर्दा आफ्नो त्यो निणयले भबिस्यमा दुबैलाई कुनै किसिमको समस्य उत्पादन नगरुस ।

बिद्यार्थीले आफ्नो जांच सकेर बसेका छन ।कोही आफ्नो घर गएका छन त कोही साथिभाइसगँ घुम्न गएका छन । कोहि आफ्नो सुन्दर भबिस्यको खोजिका लागी भनेर राजधानी गए त कोही बिदेश जानका लागि पासपोर्ट बनाउन सदरमुकाम गए ।

विद्यार्थीका मानमा यो प्रश्न उत्पन्न भएको छ कि ? यहाँ बसेर के गर्न के छ ? केही गर्नका लागि ठाँउमा आफ्नो मान्छे हुनुपर्छ कि त धन । यो दुवै नभएका लागि यहाँ गरेर खान दुख छ ?

कोही यही देशमा बसेर आफ्नो शिक्षालाई निरन्तर दिन्छन् । देशको लागि एक असल नागरिक, उद्यमी , चिकित्सक, शिक्षक बनेर देश बिकाश गर्न भनेर आफ्नो शिक्षालाई अगाडि बढाउनहुन्छ। कोहीले भन्छन् स्नातक नेपालमा गर्ने स्नातकोत्तर गर्नलाई बिदेशी जानी । कोहिले स्नातक गर्न बिदेशी जानका लागी भनेर भाषा कक्षा सुरु गरेका छन। कोही भने बिदेशी गएर पढ्ने र नेपालमा आएर आफुले सिकेका कुरा ज्ञान नेपालमा प्रयोग गर्ने भन्छन ।

धेरैको मनमा विदेश नै उत्तम विकल्प लाग्छ।
धेरैको त चाहाना अष्ट्रेलिया जापान कोरिया क्यानडा जस्ता देश हुन । उनीहरुले +२ बिदेश जानको लागि गरेका हुन भन्दा गलत हुँदैन किनकी उनिहरुलाई आफ्नो पढाई र आफ्नो परिबारका चाहाना पुरा गर्दै आफ्नो शिक्षालाई निरन्तर दिन चाहन्छन्।
विद्यार्थीलाई आफ्नो जीवनको लक्ष्य के हो भनेर सोध्दा बिदेशी जानी भनेर अधिकांशको उत्तर यही हो । किन भनेर देशमा रहेको चरम आर्थिक संकट , राजनैतिक अवस्था , शिक्षा प्रणाली, अवसरको कमि लगायतका कुराले उनीहरुको चाहाना बिदेशी बनेको हो भन्न गलत हुन्न ।

अन्तत के भन सकिन्छ भने विद्यार्थीको मनोभावना बिदेशी हो भन्न सकिन्छ। यदि हाम्रो देशको शिक्षा प्रणालीलाई प्राविधिक, व्यवहारिक र रोजगारमूलक बनाउन सकिन्छ भने देशको जनशक्ति बिदेशीनु पर्ने थिएनन् होला ।यो कुरालाई स्थानीय तह , प्रदेश सरकार र केन्द्रीय सरकारले यो समस्यालाई समयमा समाधान गरे मात्र देशले विकासमा गति प्राप्त गर्न सफल हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma