Developed By Kuldeep Sharma

११ महिना अगाडि

निशुल्क पशु स्वास्थ्य शिविर : पशु प्राविधिक गांउमा कृषक हर्षित

नवराज पौडेल , चन्द्रौटा
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ बनकसबासामा २ दिने निशुल्क पशु स्वास्थ्य शिविर संचालन भएको छ । शिवराज नगरपालिका पशु विकास शाखा र किडार्क नेपालको साझेदारीमा २ दिने शिविर संचालन गरिएको पशु शाखाका पशु विकास अधिकृत धनिश्वर खनालले जानकारी दिनु भयो ।
नगरको बनकसबासा बाख्रापालन पकेट क्षेत्र भएकाले यहांका किसानका बाख्रामा जुका,जुम्रा,माटेरोग लगाएतका समस्या भएकाले हरेक ३ महिनामा शिविर संचालन गर्दै आएको र शिविरले राम्रो प्रतिफल प्राप्त भएको हुदां बाखा्रको स्वास्थ्य परिक्षण, अपे्रसन,जुका,जुम्रा,माटेरोगको औषधी, भिटामिन,क्यालसियम,लिभरटोनिक जस्ता औषधी निशुल्क वितरण गरिएको बताउदै बोकाहरुलाई निशुल्क बन्ध्याकरणको समेत व्यावस्था गरिएको खनालले बताउनु भयो ।
उहांले किसानलाई खोपको बारेमा समेत जनचेतना दिने काम गरेको बताउनु भयो । बनकसबासमा केही समय पहिला उन्नत जातका बाख्रा वितरण गरेको र उनीहरुकोे स्वास्थ्य परिक्षण गर्दै आइरहेको भन्दै करिब एक हजार बाख्राको स्वास्थ्य परिक्षण गरिने किर्डाक नेपालका कार्यक्रम संयोजक कमल घिमिरेले बताउनु भयो । पहिला बाख्रामा विभिन्न किसिमका रोग लागी मर्ने गरेकोले नगरपालिकाको यो शिविरले त्यस्ता समस्या हटे संगै बाख्रा पालक किसानलाई धेरै टेवा पुगेको भन्दै शिविर हुदां बाख्रामा आउने विभिन्न रोगको निर्मुल पार्न सहयोग पुगेकोले बाख्रा पालन गरि जिवनयापन गर्दै आइरहेका कृषकमा हौसला प्रदान भएको कृषक सुनिल शर्माले बताउनु भयो । शिविर जेठ १२ गते सम्म संचालन हुने र शिविरमा सहभागी हुन नसक्ने किसानलाई घरघरमै पुगेर सेवा प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma