Developed By Kuldeep Sharma

११ महिना अगाडि

नेपालमा लगानी वढाउन पहल गछौ : केन्द्रीय सदस्य मिंया

मोफसल खबर जेठ १६ कपिलवस्तु
उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य जमशेर मियाँले प्रधानमन्त्री स्तरीय भारत भ्रमणमा अर्थतन्त्र सुधारका लागी योजना निर्माण गर्नुपर्ने वताउनुभएको छ । नेपालमा लगानी गर्न चाहाने व्यवसायीलाई सहज हुने वातावरण सिर्जना गर्नुपर्ने वताउनुभएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको उच्च स्तरीय भ्रमण टोलीवाट भारत भ्रमण जान लाग्नुभएका केन्द्रीय सदस्य मिंयाले नेपालमा लगानी गर्न पहल गरीने वताउनुभएको हो । राजनितिक स्थिरता नहुँदा निजी क्षेत्र निरुत्साहित भएको भन्दै प्रधानमन्त्री को भारत भ्रमण का बेला निजि क्षेत्र उत्साहित हुने खालका योजनाहरुमा दुई देश बिच सम्झौता हुनु पर्ने बताउनु भएको छ । केन्द्रीय सदस्य मिंयाले पटक–पटक सरकार हेरफेर हुँदा निजी क्षेत्रमा प्रत्यक्ष असर पुगेको बेलामा प्रधानमन्त्री को भारत भ्रमण ले दुई देस बिच ब्यबसायिक सम्झौता हुने विश्वस्त रहेको वताउनुभएको छ । नेपाली उधोगका लागी चाहींने भारतवाट आउने कच्चा पदार्थहरुका उधोगहरु पनि नेपाल संचालन गर्न भारतीय पक्षसंग अनुरोध गर्ने समेत वताउनुभएको छ । प्रधानमन्त्री स्तरीय भ्रमणमा दोस्रो पटक भारत जान लाग्नुभएका मिंयाले भ्रमणले दुई देश विचको आर्थिक एवम सास्कृति सम्वन्ध थप वलियो हुने विश्वास लिएको वताउनुभएको छ । पुर्व प्रधानमन्त्री सेरवहादुर देउवाको भम्रण टोलीमा यस अघि पनि मिंया भारत भ्रमणमा जानुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma