कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ मा रहेको शिवराज साझेदारी वन व्यवस्थापन समितिको अध्यक्ष पदमा हरि प्रसाद पोखरेलले उम्मेदवारी घोषणा गर्नु भएको छ ।शिवराज नगरपालिका र कृष्णनगर नगरपालिकाका ८ वटा वडाका उपभोक्ताहरु रहेको साझेदारी वनको यहि जेठ ३१ हुने अधिवेशनमा अध्यक्ष पदका लागी आफ्नो उम्मेदवारी रहेको पोखरेलले घोषणा गर्नुभएको हो ।
शिवराज नगरपालिका वडा नं. ५ का स्थायीबासी पोखरेल विगत देखि नै विभिन्न सामाजिक क्रियाकलापमा संलग्न रहदै आएका व्यक्ति हुन । पोखरेलले आफ्नो उम्मेदवारी घोषणा गर्दै साझेदारी वनलाई आम उपभोक्ताको आपनत्व दिलाउने किसिमको नेतृत्व आवश्यकता छ , वन भित्रहुने बेथिती र विसंगतीलाई हटाएर वनको लाभ सम्पूर्ण उपभोक्ताले सहजै पाउन सक्ने किसिमले आफुले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । हाल सम्म भाडामा रहेको साझेदारीको कार्यालयलाई आफु नेतृत्वमा आए पछि आफ्नै भवन निर्माण गरिने समेत पोखरेलले बताउनु भयो । वन क्षेत्र अतिक्रमणलाई नियन्त्रण गर्दै वनको जग्गा पुन बनमा नै फिर्ता लिई वन क्षेत्रलाई विस्तार गर्दै लैजाने रणनिति आफु संग रहेको पोखरेलले दाबी गर्नु भयो ।
डिभिजन वन कार्यालय गौत्तमबुद्ध कपिलवस्तु अन्तर्गत पर्ने शिवराज साझेदारी वनमा शिवराज नगरपालिका भित्रका वडा नं. २,५,६,७ र ८ पर्दछ भने कृष्णनगर नगरपालिकाको वडा नं. ५,८र ९ पर्दछ । प्रत्येक वडाबाट ४ जना पुरुष र ३ जना महिला वडा प्रतिनिधीका रुपमा छनौट भएर कुल ५६ जनाले अधिवेशनबाट कार्यसमिति चयन गर्ने छ ।


प्रतिक्रिया