Developed By Kuldeep Sharma

११ महिना अगाडि

विजयनगरको दुर्गम बस्तीमा पक्की सडक

कृष्ण पौडेल
कपिलवस्तु असार १
कपिलवस्तु जिल्लाको दुर्गम पालिका भनेर चिनिदै आएको विजयनगर गाउँपालिकाले आफ्नो पहिचान बदल्दै छ । पालिकामा आटिओ सडक र हुलाकी मार्ग निर्माण भए संगै सडक राजमार्गबाट पालिका सम्मको पहुच सहज भएको छ । पालिकाको मध्यभाग हुदै निस्केको हुलाकी रोडले दुर्गम पालिकाको पहिचानलाई मेटाएर सुगमता तर्फ मोडेको छ ।

मधेशको समृद्धिको आधारको रुपमा रहेका आरटिओ र हुलाकी मार्ग निर्माण संगै विजयनगर गाउँपालिकाको दुर्गम बस्ती भारतिय सिमासम्म जोडिएका बस्तीहरुका सडक पनि पालिकाले पक्कि बनाउन सुरु गरेको छ । गाउँपालिकाको दुर्गम गाउँहरु बलुइया, कुकुरभुकुवा गाउँमा सडक कालोपत्रे भए पछि स्थानियलाई आवत जावतमा सहज भएको छ ।
आर्थिक बर्ष ०७९÷८० को संघिय समपुरक बजेटबाट पालिकाको दुर्गमका बस्तिहरुमा सडक पक्कि बनाइएको गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनु भयो । वडा नं. २ को कार्यालय लालपुरबाट मद्यनगर हुदै वडा नं. १ को बलुइया र कुकुरभुकुवा गाउँ सम्म सडक कालोपत्रे बनाइएको उहाँले बताउनु भयो । “हिउँद र गर्मिको समयमा धुलोले ढाक्ने र बर्षायाममा हिलोले हिड्न नसकिने सडक अहिले पिच भएको छ जसले गाउँलाई सहर संग जोडेको छ ” अध्यक्ष थापाले भन्नु भयो । गाउँपालिकाले दुर्गमका बस्तिहरुलाई सुगम बनाउने लक्ष्यसहित मद्यनगर देखि जवाबैराठ गाउँ सम्म सडक कालोपत्रे बनाउने काम भैरहेछ ।

२ करोड ८० लाख लागतमा यस आर्थिक बर्षमा मद्यनगर देखि कुकुरभुकुवा २ हजार ६ सय ५० मिटर सडक कालोपत्रे र न्याउलीगंज र जवाबैराठ सम्मको ४ सय १० मिटर सडकमा नाली निर्माण , माटो पटान र ग्राभेलको काम भएको गाउँपालिकाका प्राविधिक नविन डुम्रेले जानकारी दिनु भयो ।

आर्थिक बर्ष ०८०÷८१ मा पनि सोहि गाउँको सडकहरुमा बजेट परेकोले निर्माणको काम संचालन भइरहने गाउँपालिका अध्यक्ष थापाले बताउनु भयो । दुर्गम बस्तीहरुलाई सुगम बनाउन गाउँपालिकाले वडा नं. १ मा रहेका विद्यालयहरुमा भवन निर्माण , खानेपानि ट्याङकी, स्वास्थ्य सेवा विस्तार लगायतका कामहरु भइसकेको अध्यक्ष थापाले बताउनु भयो । पक्कि सडक निर्माण संगै त्यहाँका नागरिकहरुको आर्थिक अवस्था पनि उकासिने विश्वास रहेको छ । बर्षायाम सुरुहुनै लाग्दा बर्खाको लागी अन्नपात जोहो गर्न दौडधुप गर्ने जवाबैराठ गाउँका स्थानियहरु यस बर्ष भने ढुक्क छन । विश्वा खोलामा मोटररेबल पुल र पक्कि सडकले बर्खामा पनि सहर बजार संग सहजै पहुच पुग्ने भएकाले स्थानिय ढुक्क छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma