Developed By Kuldeep Sharma

११ महिना अगाडि

काँग्रेसको कार्यकर्ता जागरण अभियान:कपिलवस्तु क्षेत्र न ३ (१) को भेला चन्द्रौटामा

नेपाली काँग्रेस कपिलवस्तु क्षेत्र न ३ (१) को प्रदेश भेला चन्द्रौटामा सम्पन्न भएको छ । नेपाली काँग्रेसको केन्द्रीय सर्कुलर अनुसार प्रदेश भेलाको आयोजना गरिएको हो । संगठन विस्तार , पार्टिका कार्यकर्ताको धारणा र आगामी रणनीतीको विषयमा छलफल गर्न प्रदेश भेलाको आयोजना गरिएको क्षेत्र न ३ (१) का सभापति गोविन्द केशिले वताउनुभएको छ । पार्टिको रणनीती र भावी योजनाको वारेमा प्रशिक्षण दिनको लागी नेपाली कांग्रेस लुम्विनी प्रदेशले सदस्य पुष्पा श्रेष्ठलाई क्षेत्र न ३ १मा खटाएको छ । काँग्रेस नेतृ श्रेष्ठले पार्टिलाई चलायमान गराउनको लागी वडा देखि केन्द्र सम्म विभिन्न भेलाहरुको आयोजना गरिएको वताउनुभएको छ ।
नेपाली कांग्रेसले अहिले देशव्यापीरुपमा वडा नगर र क्षेत्रहरुमा प्रशिक्षण अभियान संचालन गरेको नेतृ श्रेष्ठले वताउनुभयो । उहांले पार्टि प्रति भएका गुनासा , सुझाव र योजनाहरु मातहातको समीतीहरुमा जानकारी कार्यकर्तालाई आग्रह गर्नुभयो । नेपाली काँग्रेस जिल्ला कार्यसमीतीका उपसभापति हुमाकान्त खनालले कपिलवस्तु जिल्लाको सम्रग वस्तुस्थीतीको वारेमा जानकारी गराउनुभएको छ । नेता खनालले कपिलवस्तुका विभिन्न पालिकाहरु र क्षेत्रमा भईरहेका गतिविधिको विषयमा स्पष्ट पार्नुभएको छ ।
उहांले पछिल्लो समय नेपाली काँग्रेसले विभिन्न तह र निर्वाचनहरुमा सफलता हात पारेको समेत वताउनुभएको छ । जिल्लामा कांग्रेसप्रति आम नागरिकको उत्साह वढेको वताउनुभएको हो । नेपाली कांग्रेसका पुर्व जिल्ला सचिव विनोद नेपालले पार्टिमा अनुसासन आवश्यक रहेको वताउनुभएको छ । संगठन विस्तार र आम नागरिकका समस्याहरुलाई काँग्रेसका हरेक कार्यकार्ताले साथ दिनुपर्ने वताउनुभएको हो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य हरि प्रसाद पोख्रेल , केशव पाण्डे , क्षेत्रीय सचिव मेगराज रेग्मी , नगर सभापति मधुसुदन पोख्रेल , ट्रेड युनियनका प्रदेश सहसचिव विष्णु पोख्रेल , युवा नेताहरु राजु खराल , रामवहादुर चौधरी , प्रकास न्यापाने लगाएतको पार्टिको विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको अवसरमा हाल सम्पन्न शिवराज साझेदारी वन व्यवस्थापन समितीको निर्वाचनवाट निर्वाचीत अध्यक्ष हरि प्रसाद पोख्रेल , सदस्य तारादेवी चौधरी , ट्रेड युनियनका विष्णु पोख्रेल र उपभोतmा हित संरक्षण प्रदेश कोषाध्यक्ष मधुसुदन कोईराला लाई सम्मान गरिएको हो । कार्यक्रम सभापति गोविन्द केसिको सभापतित्व , सदस्य नारायण पौडेलको स्वागत र सहसचिव दिनेश खनालको संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma