Developed By Kuldeep Sharma

११ महिना अगाडि

ढोरपाटनमा एक रात (फोटो फिचर)

माधव बेल्वासे

बागलुङ जिल्लाको पर्यटकीय स्थल हो ढोरपाटन,उच्च पहाडी भागमा रहेको ढोरपाटन जाने इच्छा सबैलाई हुन सक्छ । त्यसमध्ये म पनि एक हो ।प्राकृतिक सुन्दरताले अन्तः मेरो ढोरपाटन अवलोकन गर्ने इच्छा पनि पुरा भएको छ । चिसो मौसम र मनमोहक दृश्यहरूको अवलोकन गर्ने रहर पुरा भएकोमा खुसी छु । कपिलवस्तुका चन्द्रौटाका म लगायत १६ जना पत्रकारहरूको समूह जेठ २५ गते ढोरपाटनको यात्रा तय ग¥यो ।

सामाजिक सञ्जालमा ढोरपाटनको सडक हेर्दा सकुशल पुगिने हो हैन भन्ने मनमा सुरुवात देखि नै डर थियो । डरका बावजुत पनि बिहान ५ बजे हाम्रो यात्रा सुरु भयो । दुइ वटा स्कारपियो अर्घाखाँची सन्धिखर्क हुँदै तम्घास पुगेर निरन्तर ढोरपाटनको गन्तव्य बनाउँदै हाम्रो यात्रा गरिरहेको थियौँ ।
दिउसो करिब ४ बजे ढोरपाटन प्रवेश द्धार वुर्तिवाङ पुगेपछि यात्रा थप कठिन अवस्थामा पुग्यो । कच्ची पहाडी बाटोमा सकरपूर्ण यात्रा गर्दा मनले राम्रो पटकै नसोच्दो रहेछ । आकाश हेर्दा पानी पर्ला जस्तो देखिने सडकमा खोलानाला,ढुगा र उकालोले गर्दा साँझ समय थप डर सिर्जना भइरहेको थियो । खोला र जङ्गलको जोखिमपूर्ण यात्रा सँगै तराइको उखरमौलो गर्मीले आजित भएका हामीलाई त्यहाँको चिसोले आनन्द महसुस भने भइरहेको थियो । टिसर्ट लगाएर सुरु भएको यात्रा त्यहाँ पुग्दा जकेटको आवश्यकता महसुस भइरहेको थियो ।
बुर्तिवाङ देखि ३६ किलोमिटरको दुरीमा रहेको ढोरपाटन नपुग्दै बुवाङ भन्ने ठाउँमा पुग्दा ठुलो पानी प¥यो । पानी परेपछि त्यहाँ बाट हाम्रो गाडी अघि बढ्न नसक्ने भयो । उक्त सडकमा अधिकांश बोले रो गाडी प्रयोग हुने भएकोले हामी पनि बोले रो खोज्न तफै लाग्यो । ठुलो वर्षा तका कारणले सवारीहरू नपाएपछि हामीले नै लगेको गाडी जाने भयो । करिब १ घण्टा पछि पानी रोकिएको समयमा यात्रा सुरु भयो । कतिपय ठाउँमा ठुला ठुला ढुङ्गाहरू ,चिप्लो बाटोमाले गर्दा ओर्लँदै चढ्दै गरी हो राती करिब ८ बजे हामी ढोरपाटन पुग्यौ । त्यहाँ रहेको होमस्टे सञ्चालक सँगको कुराकानीले बस्ने खाने व्यवस्था त्यहाँको एक होटेलमा भएको थियो ।

तराईको गर्मीमा टिसर्ट लगाएर गएका हाम्रा साथीहरू चिसोले लुगलुग काम्न थाले । त्यहाँ पुग्दा बित्तिकै सबैले तातो पनि खाएर चिसो भगाउने कोसिस ग¥यो । एउटामा कोठामा ४ वटा बेड गराई ४ वटा कोठामा बास बस्ने तयारी भएको थियो । होटेलको आँगनमा रु ५ सय को दाउरा किनेर सुत्नको लागि दिएको कम्बल ओढेर आगोको छेउमा सबै जना बस्यौ । झन्डै ४ डिग्री तापक्रम भनेको चिसो नै हो । तातो पानी र आगोले शरीरलाई केही न्यानो पन दियो । उक्त होटेलमा खाना पश्चात् त्यो रात त्यही बित्यो ।
चिसोले गर्दा दुई जना साथीहरूलाई वान्ता भयो । कष्टकर यात्रा र गर्मी मौसमबाट चासो मौसमले गर्दा अधिकांश साथीहरूको स्वास्थ्यमा समस्या आएकोले तातोपानी र औषधी उपचारमा पनि केन्द्रित भयौँ । त्यस रात त्यही बित्यो । अर्का दिन सबेरै उठियो । चिसो मौसम सहितको बिहानीको घाम ढोरपाटनको समथर भूभागले साँचै मन प्रफुल्लित भएको थियो । केही साथीहरू मोर्निङ वाक गर्न निस्किएका थिए । केही समय पश्चात् प्रकृति अध्ययन तालिमको औपचारिक उद्घाटन गरियो ।ढोरपाटनका अनुभवी व्यक्तिहरूबाट त्यहाँ इतिहास र अहिलेको अवस्थाको बारेमा जानकारी लियौँ ।
ढोरपाटन क्षेत्रमा ३२ थरीका स्तनधारी वन्यजन्तु छन् । १ सय ६४ प्रजातिका चराचुरुङ्गी । नाउर, झारल थार र हिमाली भालुलगायत दुर्लभ एवं संरक्षित पंक्षीहरु डाँफे, मुनाल, चिर आदिले यसलाई आफ्नो आश्रय स्थल बनाइरहेको पाइयो ।

ढोरपाटन सिकार आरक्ष रुकुम, बागलुङ र म्याग्दी जिल्लाको केही भागमा फैलिएको छ । त्यहाँको अर्का विशेषता भनेको क्षणमै छ्याङ्ग आकाश खुल्छ, क्षणमै बादलले ढम्म ढाक्छ । उत्तर गङ्गा ढोरपाटनमा रहेको ढोर बराह मन्दिर धार्मिक हिसाबले प्रसिद्ध तीर्थस्थल स्थल रहेछ । २२ धारा रहेको ढोरपाटनमा स्नान गरेमा मागेको कुरा पुरा हुने धार्मिक विश्वास रहेको छ । तालिम अवधिमा यस क्षेत्रको बारेमा धेरै जानकारी लिए पश्चात् हामी घोडा चड्ने निर्णय गरौ । सुन्दर फाँटमा घोडाको दौड सँगै मनोरञ्जन लिएपश्चत ढोर बराह मन्दिर पुगेर पूजाआजा सँगै उत्तर गङ्गामा स्नान ग¥यौ । त्यसपछि सामुदायिक होमस्टेमा कोदाको रोटी र त्यहाँ पाइने च्याऊँको सब्जीले बिहानको भोक मेटियो ।
एक रात ढोरपाटनमा विताएपनि हाम्रो मन सन्तुष्ट भने भएको थिएन । दोस्रो दिन पनि त्यही बस्ने इच्छा हुँदा हुँदै पनि हामी त्यहाँबाट फर्किनुपर्ने बाध्यता थियो । फेरी एक पटक पुग्ने रहर छ, ढोरपाटन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma