Developed By Kuldeep Sharma

२ हप्ता अगाडि

हात्तिपाइले रोगको उच्च जोखिममा शिवराज, १६ गते देखि अभियान सुरु हुदै

कपिलवस्तुमा हात्तिपाइले बिरुद्धको औषधि खुवाउने अभियान अन्र्तगत १६ औं पटक संचालन गरिने भएको छ । कपिलवस्तु सहित सातवटा जिल्लामा हात्तिपाइले बिरुद्धको औषधि खुवाउने कार्यक्रम संचालन गर्ने तयारी गरेको हो ।
शिवराज नगरपालिकाले मंगलवार आयोजना गरेको गोष्ठिमा शिवराज उच्च जोखिममा रहेकोले औषधि सेवनलाई प्रभावकारी रुपमा संचालन गनुपर्ने बताइएको छ । कार्यक्रममा नगर प्रमुख अजय थापाले घरघरमा पुगेर नागरिकहरुलाई स्वास्थ्यकर्मीको रहोबरमा औषधि सेवन गराउनुपर्ने बताउनुभयो ।
हात्तिपाइले रोग लागेपछि उपचारको सम्भावना नरहेकोले औषधि सेवनमा लापरवार्ही नगर्न थापाले नगरवासिलाई आग्रह गर्नुभयो । पटक पटक अभियान गरेपनि सफलता पाउन नसकेको बताउँदै यो अन्तिम पटक रहेकोले यसपटक बाट कपिलवस्तुमा हात्तिपाइले रोग निवारण भएको घोषणा गर्नुपर्ने बताउनुभयो ।
नमुना जाँच गर्दा शिवराजमा संक्रमण देखिएकोले १६ औ पटकको रुपमा वैशाख १६ गते देखि जिल्लामा अभियान सुरु गरेको शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले बताउनुभयो । विगतका वर्षमा भन्दा यस वर्ष थप प्रभावकारी रुपमा अभियान गर्ने भएकोले सबै सरोकारवालाहरुले साथ दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले ग्रामिण भेग भन्दा शहर बजारका नागरिकहरुले औषधि सेवनमा लापरवार्ही गर्ने गरेको बताउनुभयो । पोख्रलले विभिन्न संघ सस्था सग सहकार्य गरेर अभियानलाई सफल बनाउन आग्रह समेत गर्नुभयो । फेयरमेडका निशान कुवरले हात्तिपाइले रोगको नेपालमा अवस्था र जोखिमबारे प्रष्ट पार्नुभएको थियो । हात्तिपाइले रोग विरुद्धको औषधि दुई वर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घकालीन रोगी, एक हप्ता नपुगेका सुत्केरी सेवन गर्न नहुने स्वाथ्यकर्मीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma