Developed By Kuldeep Sharma

१ महिना अगाडि

काँग्रेस महामन्त्री थापा कपिलवस्तु आउदैं

चैत १५ कपिलवस्तु
नेपाली काँग्रेस महामन्त्री गगन थापा भोली (शुक्रवार) कपिलवस्तु आउनुहुने भएको छ । दोस्रो चरणको संवाद यात्राको अवसरमा महामन्त्री थापा कपिलवस्तु आउने कार्यक्रम तय भएको हो । विहिवार नवलपरासीको गौरीगंजवाट सुरु भएको संवाद यात्रा भोली कपिलवस्तु आउने नेपाली कांग्रेसका जिल्ला सभापति अव्दुल कलामले जानकारी दिनुभयो ।
महामन्त्री थापाले कपिलवस्तुका चार ठांउमा आयोजना भएका कार्यक्रममा संवाद गर्ने कांग्रेस उपसभापति हुमाकान्त खनालले जानकारी दिनुभयो । कपिलवस्तुको लवनी ,पार्टि कार्यालय तौलीहवा , महाराजगंज र चन्द्रौटामा कार्यक्रम आयोजना गरिएको उपसभापति खनालले वताउनुभयो । महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसंग छलफल गर्ने र उनीहरुका समस्या सुन्ने वताईएको छ ।
कार्यक्रममा आफुले वोल्ने भन्दा पनि स्थानीयका कुरा सुन्ने विकासे आयोजनाको निरीक्षण गर्ने, स्थानीयको घरदैंलोमा पुग्ने योजना रहेको पार्टि सचिव प्रेम वहादुर रायमाझीले वताउनुभएको छ । जिल्लाको शिवराज नगरपालिका चन्द्रौटामा भोली सुक्रवार दिउंसो ४ वजे देखि ६ वजे सम्म कार्यक्रम हुने कांग्रेस शिवराजले वताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma