Developed By Kuldeep Sharma

१० महिना अगाडि

दुधमा अब्वल वन्दै हिमपात , स्वच्छ दुध विक्रीको लागी अत्याधुनिक मेसिनहरु खरिद

हिमपात साना किसान कृषि सहकारी संस्था लिमिटेड दुध विक्रीमा अब्वल वन्दै गएको छ । नँया नँया प्रवधिको प्रयोग गरेर स्वच्छ दुध विक्री गर्दै आएको सहकारीले दैनिक ५ सय लिटर दुध विक्री गरिरहेको संस्थाका अध्यक्ष जिवन केशीले वताउनुभएको छ । कृषकहरुवाट संकलन गरेर सहकारीले दुध तथा दुधजन्य पद्धार्थ वजार मुल्य भन्दा सस्तोमा मुल्यमा विक्रि गर्दै आएको उहांले वताउनुभयो ।
सहकारीले आयोजना गरेको सार्वजनीक सुनुवाई कार्यक्रममा वोल्दै संस्थाका अध्यक्ष केशिले सहकारीले किसानको दुध खरिद गरी विभिन्न दुध जन्य वस्तुको उत्पादन गरी विक्री गरेको समेत वताउनुभएको छ ।
डेरी पसल सुधार कार्यक्रम अन्तगर्त भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुको सहयोगमा संस्थाले चिलिङ भ्याट , मिल्क क्यान , क्रिम सेपरेटर , मिल्क पम्प लगाएतका साम्रागी खरिद गरेको अध्यक्ष केशिले जानकारी दिनुभयो । शिवराज नगरपालिकाका पशु शेवा साखा प्रमुख धनेश्वर खनालले हिमपात सहकारी शिवराज नगरपालिकामा नमुना सहकारीको रुपमा स्थापीत भएको वताउनुभएको छ ।
कृषिको क्षेत्रमा सहकारीले उत्कृष्ट काम गरेको प्रमुख खनालले वताउनुभयो । उहांले सहकारीका सदस्यहरुलाई आगामी दिनमा विभिन्न तालिम र प्रवधीको ज्ञान दिएर कृषि क्षेत्रमा उत्पादन वढाउन सहयोग गरिने वताउनुभयो । उहांले सहकारीलाई आवश्यक परे कृषि प्रावधिक उपलब्ध गराउन चाहेको समय वताउनुभएको छ ।
नगरपालिकाका कृषि साखा प्रमुख ताराचन्द चौधरलिे सहकारीले कृषि क्षेत्रमा गरेको लागानीले कृषि क्षेत्रको प्रवद्र्धनमा ठुलो सहयोग पुगेको वताउनु्भएको छ । प्रमुख चौधरीले सहकारीको टिमलाई विभिन्न तालिम र अन्य जिल्लामा भएका नमुना कामको अध्यनके लागी भम्रण गराउन समेत आग्रह गर्नुभएको छ ।
सहकारीले विभिन्न अत्याधुनिक मिसीनहरु खरिद गरेर स्वच्छ दुध र दुधजन्य पद्धार्थ विक्री वितरण गरिरहेको छ । भेटेनरी अस्पताल तथा पशु शेवा विज्ञ केन्द्र कपिलवस्तुको २ लाख  र सहकारीको २ लाख३ ५ हजार ५ सय  गरी ४ लाख ३५ हजार ५ सय रुपैंयाका विभिन्न अत्याधुनिक मेसिन खरिद गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma