Developed By Kuldeep Sharma

१० महिना अगाडि

गाउँपालिकाले बनाएको बाटो स्थानियले भत्काए

कपिलवस्तुको विजयनगर पालिका वडा नं। ६ मा स्तरउन्नती भइरहेको बाटो स्थानियले भत्काएका छन । पुरानो बाटोलाई गाउँपालिकाले आर्थिक बर्ष ०७९÷८० मा स्तर उन्नती गर्ने योजना स्वरुप सोहि बाटोमा मिस्कट विच्छ्यार स्तर उन्नती भएको सडक लुम्बिनी प्रदेशका पूर्व उद्योग, पर्यटन तथा यातायात मन्त्री जानकी प्रसाद यादव कै उपस्थितीमा स्थानियले भत्काएका छन ।


गाउँपालिकाको पहुँच मार्ग आरटिओ र हुलाकी सडक संग जोडिने सहायक मार्गको रुपमा विकास गरिदै गरेको सडक वडा नं। ६ को थान खजहनी गाउँमा स्थानियहरु गान्ही यादव, पुन्ने यादव, अर्जुन यादव र नन्कु कोरीले आफ्नो जग्गामा सडक बनेको भन्दै शनिबार भत्काएका हुन । लुम्बिनी प्रदेशका पूर्वमन्त्री कै उपस्थितीमा सोहि सडक उनीहरुले भत्काएको प्रत्यक्षदर्शीले बताएका छन । आफ्नो निजी जग्गामा बाटो बनाउदै गर्दा आफुहरु संग कुनै सहमति नगरी गाउँपालिकाले जवरजस्ती बाटो बनाए पछि आफूहरुले बाध्य भएर बाटो भत्काउनु परेको पुन्ने यादवले बताए ।
संघिय संरचना हुनु भन्दा अगाडी बाट नै प्रयोग भइरहेको सोहि बाटोमा जिविस गाविसले समेत लगानी गरी विस्तार गरेकोले पुरानो सडकलाई स्तर उन्नती गर्न गाउँपालिकाले यस आर्थिक बर्षमा ४ लाख लगानी गरी वडा नं। ६ को थानखजहनी सडक खण्डमा स्तर उन्नती गरेको वडा अध्यक्ष प्रेम कलवारले बताउनु भयो । लामो समय सम्म विवादका कारण विकास गर्न नसकिएको र पछि सहमती नै गरेर गत बर्ष सडक विस्तार गरिएको वडा अध्यक्ष कलवारले बताउनु भयो ।


यता लुम्बिनी प्रदेशका पूर्व मन्त्री जानकी प्रसाद यादवले भने स्थानियहरुलाई आवश्यक नभएको सडक गाउँपालिकाले केहि व्यक्तिहरुको फाइदाका लागी मात्रै बनाएको र गरिब व्यक्तिहरुको जग्गामा बाटो बनाएकोले स्थानियले बाटो भत्काएको बताउनु भएको छ । गाउँपालिका संग विवादका विषयमा छलफल गरौ भन्दा पालिकाले संवाद नगरेको र जग्गा धनीलाई मुआब्जा नदिएको अनि विना सहमति सडक बनाएको भएर स्थानियले सडक भत्काएको बताउनु भयो । आफूले स्थानियहरुलाई सडक भत्काउन रोकेको र अन्याय भएको भए न्यायको लागी पहल गर्ने समेत आश्वासन दिएको पूर्व मन्त्रि यादवले बताउनु भयो ।
स्थानियहरुले भत्काएको बाटो वडा नं। १ को थरौली जुटपानी हुदै खडैचा आउने सडक नै सोहि बाटो भएको विजय नगर गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनु भयो । आरटिओ र हुलाकी मार्ग संगै जोडिने सोहि सडक हुदै बदैदर गाउँ र खजहनी गाउँ पुगिने, आधारभूत स्वास्थ्य चौकी, सामुदायिक भवन खजहनी, जनजागृति विद्यालय जाने सडक पनि सो सडक नै भएकोले गाउँपालिकाले सडकको स्तर उन्नतीका लागी बजेट छुट्याएर काम गरेको बताउनु भयो । पूर्व मन्त्रिले गाउँको विवादलाई पालिका संगको समन्वयनमा समाधान खोज्नु पर्ने अध्यक्ष थापाले बताउनु भयो । यसरी सिमिति फाइदाको लागी पुरै सडक नै भत्काउनु र जनताको कर बाट हुने विकासमा अबरोध गर्नु सहि नभएको उहाँले बताउनु भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma