Developed By Kuldeep Sharma

११ महिना अगाडि

बाणगंगाले ल्यायो १ अर्ब ५६ करोड ३२ लाख ९३ हजारको बजेट

कपिलवस्तु – कृषि, उद्यमशिलता, शिक्षा, स्वास्थ्य, सुुशासन, दिगो र वातावरण मैत्री पुर्वाधार लगायत विभिन्न पक्षलाई प्राथमिकतामा राख्दै कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाको १३ औं नगरसभाले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि रु १ अर्ब ५६ करोड ३२ लाख ९३ हजार रुपैयाँको रुपैयाँ बराबरको बजेट नगरपालिकाका उप प्रमुख रीता कुमारी चौधरीले सार्वजनिक गरेकी हुन् ।

संघीय सरकारबाट प्राप्त शसर्त चालु बजेट रु. ४४ करोड ९५ लाख, पूँजीगत रु. ३ करोड ४५ लाख, संघीय विशेष रु. ५० लाख, संघीय समपुरक रु. ६० लाख, गरी जम्मा रु. ४९ करोड ५० लाख, प्रदेश सरकारबाट प्राप्त शसर्त चालु रु.५८ लाख, पूँजीगत रु. १ करोड ३२ लाख, प्रदेश समपुरक रु. १ करोड ५० लाख गरी जम्मा रु. ३ करोड ४० लाख, सामाजिक सुरक्षातर्फ रु. ३७ करोड र योजना तथा कार्यक्रमको लागत सहभागिता रु. ३ करोड ५० लाख गरी जम्मा रु. ९० करोड ८० लाख बाडफाड गरिएको छ ।

बाँकी रु. ६२ करोड ५९ लाख ९२ हजार बजेटबाट आर्थिक विकास रु. ९ करोड ४४ लाख ९३ हजार, सामाजिक विकासमा रु. ५२ करोड, पूर्वाधार विकासमा रु. ३६ करोड ५२ लाख ५० हजार, वन वातावरण तथा विपद व्यवस्थापनमा रु. १ करोड ११ लाख र संस्थागत सुशासनको क्षेत्रमा रु. २० करोड २४ लाख ५० हजार बाडँफाँड गरिएको छ ।

यता चालु आर्थिक वर्षको समष्टिगत बित्तीय प्रगति अन्तर्गत चालु आ. व. २०७९÷०८० मा कूल आय अनुमान १ अर्ब २८ करोड ८२ लाख ४६ हजार ९ सय ८९ रहेकोमा जेष्ठ मसान्तसम्म १ अर्ब ८ करोड ७७ लाख ६० हजार ४ सय १८ प्राप्त भएको छ । आन्तरिक आम्दानीको समिक्षा गर्दा प्रस्तावित आय रू. ६ करोड ७२ लाख ८१ हजार ७ सय ६१ अनुमान गरिएकोमा २०८० जेष्ठ मसान्तसम्म रू. ५ करोड ८४ लाख ५८ हजार ९ सय १२ मात्र असुली भई ८६.८८ प्रतिशत आन्तरिक आयतर्फको लक्ष्य प्राप्त गरिएको छ भने वार्षिक लक्ष्य भन्दा बढी हुने संसोधित अनुमान रहेको । चालु आर्थिक वर्ष २०७९।०८० को खर्चको संक्षिप्त समिक्षा गर्दा प्रस्तावित आय रू. १ अरब २८ करोड ८२ लाख ४६ हजार ९ सय ८९ मध्ये चालुतर्फ रु. ७० करोड ९१ लाख ९३ हजार ९ सय ८७ विनियोजन गरिएकोमा २०८० जेष्ठ मसान्तसम्म रु. ४५ करोड ७१ लाख ५९ हजार २ सय ४६ खर्च भई ६४.४५ प्रतिशत र पूँजिगत खर्चतर्फ रू.५७ करोड ९० लाख ५३ हजार २ विनियोजन गरिएकोमा रु. २६ करोड ७४ लाख ३२ हजार ७ सय १९ खर्च भई ४६.१८ प्रतिशत गरी जम्मा ५६.२४ प्रतिशत खर्च प्रगति भएको छ । आगामी आषाढ मसान्तसम्म करिब ८५ प्रतिशत भन्दा बढी खर्च हुन सक्ने संसोधित अनुमान गरिएको छ ।

नगरपालिकाले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्ने, उद्यमशिलता विकास र आय अर्जन, दिगो र वातावरणमैत्री पुर्वाधार बिकास र विपद ब्यबस्थापन, गुणस्तरिय शिक्षा, स्वास्थ्य, सामाजिक विकास, सामाजिक परिचालन, सामाजिक परिवर्तन, सुशासन, सार्वजनिक सेवा प्रवाह र मानव संसाधन विकासलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma