देउखुरी – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध पारेको छ ।
आइतबार प्रदेशसभा बैठक सुरु हुनेबित्तिकै बजेटका विषयमा आपत्ति जनाउँदै एमाले सांसदहरुले नाराबाजी गरेका थिए । बैठकमा सभामुख तुलाराम घर्तीले अर्थमन्त्री धनबहादुर मास्कीलाई आर्थिक वर्ष ०८०/०८१ को राजश्व र व्ययमाथी वार्षिक अनुमानमाथि बोल्न समय दिएलगत्तै प्रतिपक्षी एमालेका सासंदहरु रोस्ट्रमअगाडि नाराबाजी गर्न पुगेका थिए ।
यसअघि गत १३ गते आह्वान गरिएको बैठकमा पनि एमालेले बजेटको विषयमा आपत्ति जनाउदै विरोध जनाएका थिए । प्रतिपक्ष दलले सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान लिएको छ । प्रदेश सरकारले भने सरकारलाई आर्थिक भार बढी परेकाले आफूहरु निर्देशनालय खारेजीको पक्षमा रहेको जनाएको छ ।


प्रतिक्रिया