Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

मुस्लिम मुक्ती मोर्चाको लुम्बिनी प्रदेश भेला चन्द्रौटामा,संयोजकमा खान चयन

मुस्लिम मुक्ती मोर्चा नेपाल लुम्बिनी प्रदेश स्तरीय भेला चन्द्रौटामा भएको छ । मुस्लिम मुक्ती मोर्चा लुम्बिनी प्रदेशको आयोजनामा भएको भेलालाई सम्बोधन गर्दै पुर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव चक्रपाणी खनालले संगठन मजबुत नभएसम्म पाटी बलियो नहुने बताउनुभयो ।
मुस्लिम संगठन पार्टी महत्पूर्ण संगठन रहेकोले यसलाई सक्रिय बनाउनुपर्ने जिकिर गर्नुभयो । मुस्लिम बाहुल्यता रहेको लुम्बिनी प्रदेशमा संगठन विस्तारमा सबै नेता कार्यक्रताले ध्यान दिनुपर्ने जनाउनुभयो । विदेशि केहि मुलकहरुको उदाहरण दिदै खनालले धेरै देशमा मुस्लिम समुदायले नेतृत्व गरेको देश धेरै अगाडी बढेको बताउनुभयो । नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले केहि राष्ट्रहरु मुस्लिमहरु प्रति विभेदको धारण राखेको बताउनुभयो । नेकपा माओवादी केन्द्रले सबै जातजाती र भाषाधर्मलाई सम्मान गर्दै धर्मनिरपक्षता देश लागु गरेको बताउनुभयो । कार्यकममा हजरत अलि खानको संयोजक्तवमा ४५ सदस्य प्रदेश समिति चयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma