Developed By Kuldeep Sharma

९ महिना अगाडि

आन्तरिक पर्यटक लोभ्याउदै (डाईमण्ड फल) पेम्रो झरना ।।

सुर्य गुरुङ

लमजुङ -पेम्रो झरना आन्तरिक पर्यटकको रोजाईमा परेको छ । मर्स्याङ्दी गाउँपालिका वडा नं. २ घनपोखरामा अवस्थित पेम्रो झरना(डाईमण्ड फल)पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा पर्न सफल भएको हो ।
अनुमानित सय मिटर माथिबाट झर्ने पेम्रो झरना माथी ठुलो र तल सानो गरि दुई वटा रहेको छ ।खुदी बजार आसपासबाट स्पष्ट देख्ने सकिने यो झरनाले जो कोहिलाई मोहित बनाएको छ।

जिल्लाको सदरमुकाम बेशिशहरबाट अनुमानित एक घण्टामा सजिलै पुग्न सकिने पेम्रो झरनामा अहिले जिल्लाका विभिन्न ठाउबाट झरना अवलोकन गर्न आउने पर्यटकको संख्यामा वृद्धि भएको सेभेन स्टार युवा क्लबका अध्यक्ष बिजय गुरुङले जानकारी दिनुभयो ।
जिल्लाको सदरमुकाम बेशिशहरबाट खुदी बजार हुदै मोटरसाइकल वा गाडीमा पैयुखोला सम्म पुगेर पैयुखोला बाट १० मिनेटको पैदल यात्राबाट उक्त झरना पुग्न सकिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
पेम्रो झरनाको प्रचारप्रसार ध्यानमा राखी देश भरी प्रचारप्रसार गर्न सके मर्स्याङ्दी गाउपालिकाको समृद्धिमा प्रमुख भुमिका खेल्ने सक्ने अध्यक्ष गुरुङको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma