Developed By Kuldeep Sharma

१० महिना अगाडि

सहकारीले मनोमानी गरेपछि नगरपालिकालाई ज्ञापनपत्र

कपिलवस्तु किसान संघले शिवराज नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । नगर भित्र संचालित कृषि सहकारी संघ,संस्थाहरुले आफ्नो मनोमानी ढंगले मलखाद बिक्री वितरण गरेको भन्दै किसान संघले ज्ञापन पत्र बुझाएको किसान संघका अध्यक्ष अनुप कुमार चौधरीले बताउनभयो ।मल वितरण गर्ने संघ संस्थालेले मनोमानी गरेकाले मल वितरण गरेकाले एकरुपता ल्याउन नगर प्रमुख अजय थापालाई ज्ञापन पत्र बुझाएको अध्यक्ष चौधरीले बताउनुभयो ।
व्यापक जनगुनासो आएकोमा तोकिएकाले दर रेटमा बिक्री वितरणका लागि नियमन गरी लागू गर्न माग गर्दै कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरीको नेतृत्वमा ज्ञापन पत्र बुझाइएको हो । शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले कृषि सहकारीलाई नियमन गरी सहज र सुलभ तरिकाले मल विक्री वितरण गर्न व्यवस्थापन गरिने नगर प्रमुख अजय थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma