Developed By Kuldeep Sharma

९ महिना अगाडि

अन्तर्राष्ट्रिय युवा दिवस : शिवराजमा वक्तृत्वकला तथा सरसफाइ

अन्तर्राष्ट्रिय युवा दिवस कपिलवस्तुको चन्द्रौटामा भव्यताका साथ मनाइएको छ । ‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ, नवप्रवर्तन र उद्यमशिलतामा हरित सीप विकास’ भन्ने मूल नारासहित नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता तथा वृहत सरसफाई गरी दिवस मनाइएको हो । शिवराज नगरस्तरीय आशा सञ्जालको आयोजना, शिवराज नगरपालिकाको समन्वय र किर्डाक नेपालको सहयोगमा युवा दिवस मनाइएको सञ्जालका अध्यक्ष समिर खानले बताए । कार्यक्रमको पूर्वसन्ध्यामा युवाहरुले प्लेकार्ड, ब्यानर बोकी ¥याली सहित चन्द्रौटा बजार सरसफाई गर्दै कोणसभामा परिणत भएका थिए । कार्यक्रममा जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति थियो ।

कोणसभामा ’लागूपदार्थ दुव्र्यसनी न्युनिकरणमा युवा तथा सरोकारवालाहरुको भूमिका‘ विषयक वक्तृत्वकला प्रतियोगिता संचालन गरिएको थियो । प्रतियोगितामा शिवराज नगरपालिकाका विभिन्न वडामा गठित विभिन्न आशा सञ्जालका ९ जनाले भाग लिएका थिए । प्रतियोगितामा बालापुर आशा सञ्जालका रमेश विश्वकर्मा प्रथम पुरस्कार हात पारे । भने थुन्हिया आशा सञ्जालका युवराज प्रसाद चौधरी दोस्रो र शिवपुर आशा सञ्जालकी राधा खनाल तेस्रो स्थान ल्याउन सफल भए ।

कार्यक्रमलाई उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.ले अबको युवा कृषि र उद्यमशिलतातर्फ उन्मुख हुनुपर्नेमा जोड दिए । पछिल्लो समय युवापुस्ता दुव्र्यसनतर्फ आकर्षिक हुँदै गएकोप्रति सभासद के.सी.ले चिन्ता व्यक्त गरे । सभासद के.सी.ले युवाहरुलाई शिक्षा र रोजगारतर्फ उन्मुख गरी उद्यमशील बनाउन सके दुव्र्यसन मुक्त समाज बनाउन सकिनेमा जोड दिए । दुव्र्यसन मुक्त समाज निर्माणमा दिवसले युवायुवतीहरुमा उर्जा प्रदान गरोस्, के.सी.ले शुभकामना व्यक्त गरे ।

कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष नेत्रप्रसाद बेल्बासेले उत्कृष्ट प्रतियोगीलाई सफलताको शुभकामना दिए । कार्यक्रमले प्रतियोगीको अन्तरनिहीत क्षमता प्रस्फुटनमा ठूलो टेवा पुग्ने वडाध्यक्ष बेल्बासेले बिचार व्यक्त गरे । युवाहरु सक्रिए भए मात्र समाजको समृद्धि हुने वडाध्यक्ष बेल्बासेले विश्वास व्यक्त गरे । कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष रामबहादुर चौधरीले कार्यक्रमबाट युवाहरुमा उर्जा थप्ने बताए । देशविकासका सम्बाहक नै युवा भएकाले देशको समृद्धि र विकासका लागि युवाहरु जागरुक हुनुपर्ने बताए । यस्तै कार्यक्रममा चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य महादेव पोखरेलले युवामैत्री समाज निर्माणमा युवाको भूमिका महत्वपूर्ण रहेको बताए ।

गलत बाटोमा लागेका युवाहरुलाई सही बाटोमा ल्याउन युवाहरुले नै कदम चाल्नुपर्ने पोखरेलले जोड दिए । कार्यक्रममा महिला मानव अधिकारकर्मी मीना परियारले सबै संघसंस्थाहरुलाई एकीकृत गरी युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने धारणा राखिन् । कार्यक्रममा राष्ट्रिय मानवअधिकार प्रतिष्ठान कपिलवस्तु शाखा सभापति विष्णुप्रसाद खतिवडा, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष लेखनाथ घर्ती लगायत विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, विभिन्न आशा सञ्जालका किशोरकिशोरी, किर्डाक नेपालका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा किर्डाक नेपालका विनोद केवटले कार्यक्रमको उद्देश्य एवं औचित्यमाथि प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma