Developed By Kuldeep Sharma

८ महिना अगाडि

तीन महिने जनता सँग माओवादी रुपान्तरण अभियान अन्तर्गत आज माओवादी शिवगढीमा ।।

कपिलवस्तु -नेकपा माओवादी केन्द्र वडा न ९ को वडा कमिटी वैठक सम्पन्न भएको छ । केन्द्रिय सर्कुलर बमोजिम पाटीले संचालन गरेको तीन महिने जनता सँग माओवादी रुपान्तरण अभियान अन्तर्गत बिजगौरीमा बसेको माओवादी केन्द्रको बैठकले विभिन्न बिषयमा छलफल गर्दै जिम्मेवारी समेत बाढफाट गरेको छ ।
वडा कमिटी अध्यक्ष लाल बहादुर रोकाको अध्यक्षतामा बसेको वैठकमा पार्टीका केन्द्रिय सदस्य भिम कुमारी बुढा मगरले पार्टीलाई मजबुत बनाउन गाउँ गाउमा माओवादी जन जनमा माओवादी भन्ने नारा सहित फेरि माओवादी जनताको माझ फर्केको बताउनु भयो । दलित,महिला,गरिबको हक अधिकार को पक्षमा लड्दै आएको माओवादीलाई पछिल्लो समय केही शक्तिहरुले चौतर्फी घेराबन्दी गर्दै असफल बनाउन लागि परेको भन्दै ती शक्तिका विरुद्ध जनता माझ सत्य कुरा के हो बुझाउन जरुरी रहेको मगरले बताउनु भयो ।

प्रचण्ड प्रधानमन्त्री बने लगत्तै केहि राम्रो काम हुन थाले पछि
जनताले फेरि माओवादीलाई भरोसा गर्न थालेका कारण अब सबै माओवादी सच्चिएर जनताको भरोसा टुट्न दिन नहुने उहाको भनाई छ । जनताका आधारभुत आवश्यकता ख्याल गर्दै जातको नाममा गरिने विभेद विरुद्ध,लिङ्गको अधारमा धर्मको नाममा गरिने विभेद विरुद्ध माओवादी लाग्दै आएको लागि रहने उहाले बताउनु भयो ।

यसै गरि शिवराजनगर कमिटी कार्यबाहक अध्यक्ष चिन्ता परियारले बैठकमा सहभागीलाई प्रशिक्षित गर्दै माओवादी केन्द्रको अस्तित्व वडा न ९ ,७ कारण रहेको बताउदै यसलाई अझै मजबुत बनाउन लाग्नु पर्ने बताउनु भयो ।
स्थानीय निर्वाचन पछि केहि सुस्त जस्तो देखिएको भएपनि कुनै सदस्यहरुले घर नछाडेको बरु केही नया थपिएको कारण संगठन झन बलियो भएको परियारले बताउनु भयो ।

बैठकलाई नगर सदस्य चुर बहादुर खड्का जीवन, नगर सदस्य रामगोपाल चौधरी,वडा ईन्चार्ज प्रेम रोकाले सम्बोधन गर्नु भएको थियो । बैठकमा सहभागी नेता कार्यकर्ताले यो तीन महिने रुपान्तरण अभियानलाई पूर्ण रुपमा सफल बनाउने प्रतिवद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma