Developed By Kuldeep Sharma

८ महिना अगाडि

एनजिओको हैकममा शिवराज

मोफसल खबर
कपिलवस्तु भाद्र २८
कपिलवस्तुको शिवराज नगरपालिका गैरसरकारी संस्था एनजिओको हैकममा चल्ने गरेको पाइएको छ । नगरपालिकाले आफैले एक सुचना जारी गरेपछि यसको रहस्य खुलेको हो । डलरे संस्था किडार्क नेपालले केहि वर्ष देखि शिवराज नगरपालिकामा काम गर्दै आएको छ । मुख्यतः थारु समदायका किशोर किशोरीको क्षमता वृद्धिको लागि काम गर्ने भनेपनि यसले समाजमा विभेद सिर्जना गरेको छ । उदाहरणमा पछिल्लो समय छात्रवृत्तीको विषय हो ।
शिवराज नगरपालिकाले किडार्क नेपालका सदस्य भएकालाई मात्र छात्रवृत्ति प्रदान गर्ने सुचना जारी गरेको हो ।स्टार्फ नर्स,जेटिए,नेत्र सहायक,सहायक इन्जिनियर,ल्याब प्राविधिक,अमिन,कम्पूटर साइन्स अध्ययान गर्ने विद्यार्थीले छात्रवृत्ति पाउन अनिवार्य किडार्क नेपालमा आवद्ध हुनैपर्ने बाध्यता रहेको छ । यती मात्र हैन कसलाई दिने कसलाई नदिने भन्ने पनि अधिकार सोहि किडार्क नेपाललाई रहेको छ ।

समाचार पछि हटाइएको सुचना
नगरमा छात्रवृती वितरणको लागि कुन पनि मापदण्ड छैन । केहि समय अघि मात्र माध्यमिक तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई ३० हजारका दरले छात्रवृती दिएको थियो ।
उक्त छात्रवृती हुनेखाने र किडार्क नेपालमा आवद्धलाई मात्र वितरण गर्यो । डलरे संस्थाले आफुलाई स्थापित गर्न नगरपालिकालाई प्रयोग गरेको देखिन्छ । नगरपालिकाले जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने भनेर सुचना जारी गरेपनि एउटा क्लवलाई केन्द्रित गरेको गुनासो छ । नगरपालिकाले नगरवासी विद्यार्थीहरुमै विभेद गरेपछि स्थानीयहरुले यसमा प्रश्न गरेका छन् ।
स्रोतका अनुसार सुचना बाहिरिएपछि मेयर अजय थापाले हाकिमलाई फोन गरेर सच्याउन भनेका छन् । नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत ताराचन्द चौधरीले छात्रवृतीको सुचना त्रुटिपूर्ण रहेको स्विकार गरेका छन् । उनले उक्त सुचनालाई शुक्रवार सच्याउने आस्वासन दिए । आफु यस विषयमा जानकार नभएकोले त्रुटि बताएको चौधरीको भनाई छ ।
शिवराज नगरपालिकाले समाजिक सन्जालमा राखेको सुचना हटाएको छ । पत्रकारले फोन गरेपछी नगरपालिकाले हत्तारमा दुई दिन पछी सुचना हटाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma