Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

भारतमा बसेर चुनाव जिते,ठुला दलले अस्वीकार गरे : चौधरी

माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा
नागरिक उन्मुक्ति पाटीका संरक्षक रेसमलाल चौधरीले आफू भारतमा बसेर सांसद पदमा निर्वाचित भएको बताए । किसानको छोरा सांसदमा निर्वाचित हुँदा ठुला दलहरूले स्वीकार गर्न नसकेर जेल हालेको चौधरीले बताए । कपिलवस्तुको शिवराज नगरपालिका १ उमरी थारु संङघ्रालयमा मङ्गलवार आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै चौधरीले कमैयाको छोरा नोकर नै हुनुपर्ने धारणालाई आफूले चिरेको बताए ।
आफू २२ दिन अनसन बसेको बताउँदै चौधरीले सरकारले झुटो आस्वासन दिएर जुस खुवाएको बताए । आफू जेल जाँदा पनि दुखी भएर नगएको नेता चौधरीको भनाई छ । ‘म कहिले निराश भएन,मेरो मनमा यो देशको पहिचानको सपना थियो, चौधरीले भने, ‘राती सुतेको समयमा पनि म यो देशमा पहिचानको सपना देख्थे, ।’ आफू लगायतका नेता कार्यकतालाई आजीवन जेलमा सडाउने राज्यको षडयन्त्रलाई आफूले असफल बनाएको चौधरीले जिकिर गरे । नागरिक उन्मुक्ति पाटीलाई जातीय पाटी भन्ने गरे पनि पहिचानवादीको पाटी रहेको उनले बताए ।
लुम्बिनी प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्री धर्म बहादुर चौधरीले छोटो समयमै पाटीले सङ्गठनलाई विस्तार गरेको बताए । विभिन्न आरोह अवरोह पार गर्दै पाटी सबै क्षेत्र वाट अघि बढिरहेको बताउँदै देशको विकास र नागरिकहरूको अधिकारको लागि नागरिक उन्मुक्ति पाटी रहेको जिकिर गरे । त्यस्तै कार्यक्रममा प्रदेश उपाध्यक्ष राम मिलन थारु,जिल्ला अध्यक्ष भग्गु प्रसाद थारु विभिन्न पालिकाका अध्यक्षहरूले मन्तव्य दिएका थिए ।
सो अवसरमा जनता समाजवादी पाटीका शिवराज नगर अध्यक्ष कृष्णकुमार चौधरी,माओवादी केन्द्रका नेता करम हुसेन लगायत दर्जनौँ नेताहरू पाटी प्रवेश गरेको नागरिक उन्मुक्ति पाटी शिवराज नगर समितिका अध्यक्ष उमेश थारुले बताए । शिवराज नगरका प्रभावशालि रुपमा चिनिएका चौधरी नागरिक उन्मुक्ति पाटीमा प्रवेशले थप बलियो हुने सम्भावना गरीएको छ । पुर्व गाविस सचिव भएर काम गरेका चौधरी गत निर्वाचनमा मेयरमा पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma