Developed By Kuldeep Sharma

७ महिना अगाडि

सनराईजको अध्यक्षमा पौडेल

सनराईज ईङलीस वोडिङ स्कुलको २१ औ साधरण सभा तथा अधिवेशनले जिवलाल पौडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । आज भएको साधारण सभाले शिक्षा प्रेमी जिवलाल पौडेललको नेतृत्वमा ५ सदस्यीय समीती चयन गरेको हो । विधालयको सदस्यमा नवराज पाण्डे , यज्ञ पाण्डे , रहमतुल्ला हलवाई , लिलादेवी खरेल , माया पौडेल रेग्मीलाई सर्वसम्म चयन गरेको हो । सवै सदस्यहरुको सझा पहलमा नेतृत्व चयन गर्न सफल भएको निर्वाचन समीतीका संयोजक हुमाकान्त खनालले वताउनुभयो । अधिवेशनले   निवर्तमान अध्यक्ष विनोद नेपाल नेतृत्वले गरेका कामहरुको प्रसंसा गर्दै धन्यावाद ज्ञापन गरेको छ । साधरण सभामा विधालयको वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । नव निर्वाचीत अध्यक्ष पौडेलले सनराईज वोडिङ स्कुललाई निजी क्षेत्रको उत्कृष्ट विधालय वनाउनको लागी भरपुर प्रयास गरिने वताउनुभएको छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma