नवराज पौडेल कपिलवस्तु असोज २४
आफ्नो गाउँ आफै बनाउ शिवगढीलाइ खुला फोहोर मुक्त क्षेत्र बनाउ भन्ने मुख्य उद्देश्यका साथ कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ बिजगौरीका आम गाउँ बासी एबम युवाहरुको अगुवाइमा विभिन्न १० ठाउमा डस्बिन राख्ने काम र १ ठाउमा शिवगढी जाने बाटो अंकित बोर्ड लगाइयको छ। खासगरी पलास्टिकजन्य फोहोरबाट हुने हानी, कृषिबालिमा पर्ने असर र शिवगढीको सौर्न्दर्यतालाइ मध्यनजर गर्दै काम गरिरहेको स्थानीय समाजसेवी युवा सुवास परियारले मोफसल खबरलाइ जानकारी दिनु भयो ।

अध्ययन र वैदेशिक रोजगारमा रहेका ईश्वर पुरी , हेमन्त पुरी , मनोज घर्ती , भिमराज परियार , देबराज मगर , अमर बुढा , गणेश पुरी , बिक्रम घर्ती , आश बहादुर रोका , मङ्गल बुढा , मैक्या बुढा र ओम बहादुर घर्ती लगाएतको करिब २५ हजार बढीको आर्थिक सहयोग र आम स्थानिय बिजगौरी बासिको सहकार्यमा फोहोर मुक्त योजना अनुरुप काम गरिएको बताउदै सहयोगी सम्पुर्ण प्रती हार्दिक कृतज्ञता प्रकट गर्नुभयो । साथै शिवगढी दर्शनगर्न जाने दर्शनार्थीलाई बाटो अंकित बोर्ड सहयोग गर्ने समाजसेवी थानेशोर अर्याल लाई विशेष दिनुभएको थियो ।



प्रतिक्रिया