Developed By Kuldeep Sharma

७ महिना अगाडि

विजय नगर गाउँपालिका ७ मा राष्ट्रिय जनमोर्चा को वडा भेला सम्पन्न,

कपिलवस्तु, विजय नगर गाउँ पालिका को वडा नं ७ मा बुधबार  राष्ट्रिय जनमोर्चा को वडा भेला सम्पन्न भएको छ, झोलानिय चौराहामा सम्पन्न भएको भेला लाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा का जिल्ला सचिब केर सिंह अ दै ले राष्ट्रिय जनमोर्चा को नीति सिद्धान्त व्यवहारमा ढिलो लागू हुने बताउँदै , संविधान सभा को चुनाव को लागि संघर्ष, शाही घोषणा बिरुद्ध संघर्ष, जातीय राज्य,संघीयता , र MCC बिरुद्ध संघर्ष मा राष्ट्रिय जनमोर्चा अग्र पङ्तीमा उभिएको बताउनु भयो, हिजो हामीलाई अधिकार विरोधी ,संघीयता विरोधी भनेर प्रचार गर्ने हरु को आज बोली बन्द भएको बताउँदै ,गाउँ गाउँमा राष्ट्रिय जनमोर्चा को खोजी भइरहेको बताउनु भयो, भेलालाई तराई मधेस जनवादी मोर्चा, विजय नगर का अध्यक्ष खदेरु पासी, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य त्रिवेणी कुर्मी, जातीय समता समाज की जिल्ला सदस्य मनिषा कोरी, राष्ट्रिय जनमोर्चा विजय नगर गाउँ पालिका अध्यक्ष गोविन्द परिवार ले मन्तव्य राख्नु भएको थियो, भेलाले राम समरे धोबी को अध्यक्षता मा १९ सदस्सीय राष्ट्रिय जनमोर्चा वडा समिति गठन गरेको छ, जस् अनुसार अपा अध्यक्ष मा मनिषा कोरी, सचिब बाल जी कोरी, कोष अध्यक्ष समुन्द्र पासी, सदस्य हरु, राम सिम्रन यादव, नन्द कुमार धोबी, हनुमान कोरी, श्री राम धोबी, सेतु कोरी, प्रभु दयाल ठाकुर, रक्षा राम पासी, मुर्ता कोरी, धन राज कुर्मी , राम कुमार कोरी, राजेन्द्र धोबी र सल्ला कार मा शिव जी पठान, राम सिम्रन कोरी, वीरेन्द्र कुमार चौधरी, र बजरंगी क हार रहनु भएको छ, भेलाको अध्यक्षता राम सामारे धोबी, सञ्चालन नागराज योगी, र स्वागत राम सिम्रन यादव ले गर्नु भएको थियो, भेला पछिको बैठक ले सदस्यता वितरण, नविकरण, गर्ने , गाउँ समिति गठन गर्ने, मंसिर को पहिलो हप्ता मा प्रशिक्षण गर्ने निर्णय गरेको छ,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma