Developed By Kuldeep Sharma

७ महिना अगाडि

न्यु काठमाडौ सेल द्वारा निशुल्क कपडा बितरण

असोज २५
कपिलवस्तुको शिबराज नगरपालिका वडा न ५ चन्द्रौटामा रहेको न्यु काठमाडौ सेल कपडा पसलले आफ्नो पसलमा स्टकमा रहेका कपडा निशुल्क रुपमा ग्रामीण भेगका नागरिकहरुलाइ बितरण गरेको छ ।

चाड पर्व नजिकैदै गर्दा निम्न आय भएकाहरुका स्टकमा रहेका करिब १ लाख बढी मुल्यका कपडाहरु निशुल्क रुपमा गाउमा लगेर बाढिएको न्यु काठमाडौ सेलका संचालकले बताए । पसलमा रहेका र फेसन आउट भएका कपडाहरु स्टकमा रहेकोले सोही कपडाहरु निम्न आय भएकाहरुको लागि निशुल्क रुपमा बितरण गरिएको संचालक बृज किशोर गुप्ता (रिन्कु) ले जानकारी दिए ।


शिबराज नगरपालिकाको पुर्ब रहतको र भलुही गाउमा कपडा बितरण गरिएको गुप्ताले बताए । गाउँमा आफ्नो आवश्यकता अनुसार स्थानियले कपडालेको उनले बताए । स्टकमा रहेका र फेसन गैसकेका कपडा नया कपडा किन्न नसक्नेहरुलाइ बितरण गरिएको जस्ले चाडपर्वको बेला नया किन्न नसक्नेहरु समेत नया कपडा पाएको गुप्ताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma