Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

सप्तरीमा अवैध पटका बरामद गरी नष्ट

सप्तरीको राजगढ गाउँपालिका ६ कुरनमा रहेको सशस्त्र प्रहरी बल विओपि बनैनियाले भारतबाट नेपाल भित्रिदै गरेको अवैध पटका बरामद गरि नष्ट गरिएको छ । सशस्त्र प्रहरी निरिक्षक ओरेन तामाङको नेतृत्वको टोलीले १ लाख ९ हजार १ सय ९२ रुपैयाँ बराबरको पटाका नष्ट गरेको हो । बोरामा राखि भारतबाट नेपाल भित्रिदै गरेको अवैध पटाका बरामद गरी सशस्त्र प्रहरी बल विओपि परिसरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको पटाका स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको हो । प्रहरीका अनुसार सप्तरिका विभिन्न स्थानबाट अवैध रुपमा पटका जन्य सामाग्री भित्रिन सक्ने भएकोले सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma