Developed By Kuldeep Sharma

५ महिना अगाडि

मुलुकलाई समाजवाद मोडलमा अगाडी वढाउनुपर्छ :नेकपा महासचिव विप्लव

नेपाल कम्नियुष्ट पार्टि नेकपाका महासचिव नेत्र विक्रम सि विप्लवले नेपालको भविष्य समाजवाद वाट मात्र सम्भव भएको वताउनुभएको छ । समाजवाद उन्मुख नेपाल निर्माणको लागी राजनैतिक दलहरुविच सहकार्य आवश्यक रहेको महासचिव विप्लवले वताउनुभयो । नेपाल कम्नीयुष्ट पार्टि कपिलवस्तु पश्चिमी क्षेत्रले शिवराज नगरपालिकाको चन्द्रौटामा आयोजना गरेको वर्तमान राष्ट्रिय संकट र समाधान विषयक अन्तरक्रीया कार्यक्रमलाई संवोधन गर्दे महासचिव विप्लवले युवाहरुमा नेपालमा भविष्य नभएको सोचाई हावी भएर विदेश पलायन भईरहेकाले त्यसको रोकथामको लागी समाजवाद मोडलमा देश अगाडी वढनुपर्ने वताउनुभएको हो । देशमा व्यपार व्यवसाय गरिरहेका व्यवसायिहरुले आर्थिक संकट भोगीरहेकाले त्यसको समाधानको सरकार प्रतिवद्ध हुन आवश्यक रहेको वताउनुभएको छ । आर्थिक करिडोरको रुपमा रहेको चन्द्रौटा कृष्णनगरमा स्थापित उधोगहरु धमाधाम वन्द भईरहेकाले दिगो समाधानको लागी यसवारे प्रधानमन्त्री संग छलफल गर्ने वताउनुभएको छ ।

महासचिव विप्लवले जिल्लाको शिवगढीमा केवलकार निर्माणको विषयमा नंया मोडलले काम गर्नुपर्ने वताउनुभएको छ । जनताको सानो सानो रकम संकलनवाट केवलकार निर्माण गरी त्यसको लाभ जनताले पाउनेगरी केवलकार निर्माण गर्न सकिने वताउनुभएको हो । नेकपाले चन्द्रौटामा विभिन्न राजनैतिक दलका प्रतिनिधि , संघ संस्था र उधोगी व्यवसायिका प्रतिनिधिहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य अर्जुन कुमार केशि , शिवराज नगरपालिका नगरप्रमुख अजय थापा , व्यपार संघ कपिलवस्तुका अध्यक्ष महादेव नेसपा केन्द्रीय सदस्य रहिस शाह , लोसपा केन्द्रीय सदस्य रविदत मिश्रा , पोख्रेल , नेपाली कांग्रेसका नगर सभापति मधुसुदन पोख्रेल , नेकपा एमालेका नगर अध्यक्ष जगत पौडेल , माओवादी केन्द्रका नगर कार्यवाहक अध्यक्ष चिन्ता परियार लगाएतले धारणा राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma