Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

व्यवसायीमा मडारीएको राजनीतिमा कुहिरो भित्रको काग बन्न खोजेका भुसाल 

कपिलवस्तु, माघ २६ ।
कपिलवस्तु उद्योग वाणिज्य संघको आगामी नेतृत्वको लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका रमेशचन्द्र भुसाल अन्ततः आफ्नो निर्णयबाट ब्याक भए ।
पत्रकार सम्मेलन नै गरेर उनले अध्यक्ष पदमा उम्मेदवारी घोषण गरेका थिए । उनलाई बाणगङ्गा क्षेत्रमा पहिल्यै देखिनै बोलीको टुङ्गो नभएको भनेर टिका टिप्पणी गर्ने धेरै छन् । नभन्दै उनले अध्यक्ष पदबाट तल झरेर बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिएपछि मिडियालाई त झुक्काए नै मतदाता सम्म झुक्काउन उनी यतिबेला लम्पट देखिन्छन् । उनले यति मात्रै गरेनन् आफूले शिक्षा दिइरहेका विद्यार्थी प्रयोग गरेर चुनावी चर्चा बटुल्न खोजेका छन् । उनले साझा प्यानलका दुवै तर्फका उम्मेदवारहरू सँग बार्गेनिङ गर्न उम्मेद्वारी दिएको स्रोतले बताँउछ । उनी व्यवसायीको मडारीएको राजनीतिमा कुहिरो भित्रको काग बन्न खोजेको अधिकांश व्यवसायिको तर्क छ ।

यस बिचमा उनी चुनावमा नहोमिने सम्मका चर्चा पनि बजारमा आए । रास्वपा निकट मानिएका भुसालले बिचमा आफ्नै पाटी सँग पनि धेरै बार्गेनिङ गरेको एक नेताले बताए ।  सोही कारण उनलाई रास्वपा निकट स्वतन्त्र प्यानलले सम्म पत्याएन । उनै नेताका अनुसार उनी बीचैमा भाग्न सक्ने भएकाले विश्वास नगरिएको जानकारी दिए । उनी स्वतन्त्र भित्रबाट चुनावमा जाने भए, त्यहाँ भित्रका उम्मेद्वार भड्किने र मनोनयन समेत दर्ता नगर्नेको संख्या बढ्न थालेपछि स्वतन्त्र प्यानलले सुरक्षित माध्यम अपनाएको बताइन्छ ।
सिद्धार्थ क्याम्पसका अंग्रेजी विषयका प्राध्यापक भुसालले क्याम्पसलाई केही जानकारी नगराएको क्याम्पस प्रमुख बेदराम अर्यालले बताए । “क्याम्पसमा अध्यापन गराउने कुनै पनि शिक्षकले लाभको पद वा कुनै पनि पदमा जाँदा क्याम्पसको अनुमति लिनुपर्ने व्यवस्था छ, उनले भने ।”
अध्यक्षमा जित हुने निश्चय नभएपछि वरिष्ठतिरबाट फुत्त हुन सकिन्छ कि भनेर ब्याक भएको हुन सक्ने कतिपयले बताउँछन् । तर उनको हर्कत भोलिहुने उद्योग वाणिज्य संघको ब्यालेट सम्म पुग्ने हो कि बीचैमा तुईन्छ हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma