माधव बेल्वासे
कपिलवस्तु ,१ फागुन
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले फागुन १ गते विदा दिने सरकारको निर्णयलाइ सर्वोच्च अदालतले अवरोध गरेको बताउनुभयो । नेपाली जनताले न्यायको लागि जनयुद्व सुरु गरेको स्मरण गर्दै जनयुद्वको विपक्षमा सामान्तवादी पुजिबादी दलाल हावी भएको बताउनुभयो । २९ औ जनयुद्व दिवसमा विप्लवको गृह नगर शिवगढिमा आयोजित कार्यक्रममा बोल्दै राज्यले फागुन १ गते सार्वजनिक बिदा दिने भने पनि अदालतले त्यसको विरुद्धमा फसैला गरेको प्रती असन्तुष्टि व्यक्त गर्नुभयो । महासचिव विप्लवले माओवादीलाइ आतंककारी भनेर साम्राज्यवादिहरुले देशलाइ घेराबन्दी गर्ने कोसिस गरेको बताउनुभयो ।
माओवादीलाई सिध्याउने षड्यन्त्र भइरहेको भन्दै अब गम्भीर बन्ने समय आएको जिकिर गर्नुभयो । ” यो देशमा गणतन्त्र कसले ल्याएको हो ? विप्लव भन्नुभयो ,”जनयुद्वको उपलब्धि लाई अस्वीकार गर्ने तत्वलाइ माओवादीहरुले ठिक पार्ने छन” । देशमा केही छैन भनेर युवालाइ विदेश पठाएर आफ्नो शासन सत्ता कायम राख्ने रणनीति सुरु भएको बताउनुभयो । स्थायी कमिटी सदस्य अनिल सिले साम्राज्यवाद हाबी भएको भन्दै देशको अवस्था जर्जर भएको बताउनुभयो । आर्थिक राजनीतिक कारणले देश भयानक समस्यामा जान सक्ने बताउनुभयो । पोलिटव्युरो सदस्य भेषराज भुसालले जनयुद्वलाई अपराधीकरण बनाउन खोजे त्यसको प्रतिवाद गर्ने बताउनुभयो । पुरै नेता टेस्ट भइसकेकोले अब बिप्लव प्रती जनतामा आशा रहेको बताउनुभयो । केन्द्रीय सदस्य सम्झना सिले समाजवादी यात्रा अघि बढनलाइ एकीकृत जनयुद्ध सुरु गरेको बताउनुभयो


प्रतिक्रिया