नवराज पौडेल कपिलवस्तु ।।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्वर ३ मा रहेको दुर्गा भगवती विद्यालय नयांवस्तीमा अभिभावक शिक्षा मोटिभेस्नल कार्यक्रम सम्पन्न भएको छ । शिवराज नगरपालिका वडा नम्वर ३ को आर्थिक सहयोगमा एक दिने अभिभावक शिक्षा मोटिभेस्नल तालिम दिइएको वडा नम्वर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारीदिनु भयो ।
मानव विकासका निमित्त शिक्षालाई आम्दानी जत्तीकै महत्वपूर्ण सूचकका रुपमा लिने र त्यति मात्र नभएर शिक्षा व्यक्ति र समाजको परवर्तनको सेवा पनि रहेकाले शिक्षा र्आजन गर्नु सर्टिफिकेट बटल्नु मात्र नभई आजको प्रतिस्पर्धात्मक युगमा खरो सावित हुनुे भएकाले । त्यसका लागि गुणस्तरिय शिक्षा आधारशिलाका रुपमा देखा पार्नका लागी अभिभावक शिक्षा आवश्यक रहेको अध्यक्ष सापकोटाले बताउनु भयो ।
गुणस्तरीय शिक्षा आजर्न गर्न समेत अभिभावकको जिम्मेवारी नै प्रमुख भएकाले विद्यालयमा बालबालिकाका लागि अभिभावको सक्रियतामा जोडसहितको व्यवस्थापन नै उत्कृष्ट विषयवस्तु हुनजाने हुंदा आफ्ना बालबालिकको रेखदेख आफैँ गर्न र गुणस्तरीय शिक्षामा गणुुस्तर कायम गर्न गराउनका लागी तालिमको आयोजना गरिएको उहांले बताउनु भयो ।
बिद्यालयका प्र.अ गोबिन्द प्रसाद बेल्बासेको विशेष पहलमा कार्यक्रमको आयोजना गरिएको समेत सापकोटाले बताउनु भयो ।
विद्यालयका शिक्षक तथा अभिभावक दुवैले आआप्mनो व्यवहार परिवर्तन गर्नु आवश्यक रहेकाले स्थानीय सरकारले पनि विद्यालयको गतिविधिमा अभिभावकको भागीदारी कसरी सुरक्षित गर्ने भन्ने कुरामा ध्यान दिनु जरूरी रहेको बताउंदै विद्यालयको योजनामा, प्रक्रियामा सबै जनाको भूमिका र भागीदारी सुनिश्चित गर्नुपर्ने शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले बताउनुभयो । नगरमा निशुल्क शिक्षा लागु भए पश्चात सरकारी विद्यालयमा अभिभावकको चासो बढेको समेत उहांले बताउनु भयो ।
कार्यक्रममा शिवराज नगरपालिकाका उपप्रमुख शिव कुमारी थारु प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेल वडा नम्वर ३ का वडा अध्यक्ष टेकलाल सापकोटा वडामा रहेका सम्पुुर्ण विद्यालयका प्र.अ तथा ३०० जना अभिभावकको सहभागिता रहेको कार्यक्रम बिद्यालयका शिक्षक लेखनाथ खनालको संचालन रहेको थियो भने राम प्रसाद पाण्डेय ले प्रशिक्षण दिनु भएको थियो


प्रतिक्रिया