Developed By Kuldeep Sharma

३ महिना अगाडि

शिवराजमा कुकुर बन्ध्याकरण शिविर

कपिलवस्तुको शिवराज नगरपालिकामा रहेका अव्यवस्थित तथा अन्य कुकुरहरुलाई बन्ध्याकरण गर्न सुरु गरिएको छ । शिवराज नगरपालिकाको आयोजनामा तथा पशु सहयोगिहातहरुको प्राविधिक सहयोगमा सुरु भएको शिविरको पहिलो दिन ५५ वटा कुकुरलाई बन्ध्याकरण गरिएको छ ।
दुई दिन सम्म चल्ने शिविरमा नगरप्रमुख अजय थापाले कुकुरको संख्या बढि रहेकोले बन्ध्याकरण शिविर आयोजना गरिएको बताउनुभयो । कुकुरहरुले अत्याधिक बच्चा पाउने र उनीहरुलाई पालनपोषण गर्न नसक्दा सडकमा यत्रतत्र रहने भएकोले पनि शिविर गरिएको बताउनुभयो ।

शिवराज नगरपालिकाका सबै क्षेत्रबाट बन्ध्याकरणको लागि कुकुरहरु ल्याइएको वडा अध्यक्ष नेत्र बेल्वासेले बताउनुभयो । कुकुरका कारण सडक दुर्घटना पनि हुने गरेकोले शिविर आयोजना गरिएको बताउनुभयो । नगरका १ सय भन्दा बढि कुकुरहरुको बन्ध्यकरण गरिने पशु विकास शाखाका प्रमुख धनेश्वर खनालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma