
नवराज पौडेल कपिलवस्तु ।।
नेपाल दशनामी समाजको प्रादेशिक भेला सम्पन्न भएको छ । नेपाल दशनामी समाजको केन्द्रिय कार्यालयको घर जग्गा व्यावस्थापनका लागी आर्थिक सो्रत संकलन गर्ने मेचाीमहाकाली अभियान अन्र्तगत आज लुम्विनी प्रदेशको आयोजनामा दाङको घोराहीमा भेला सम्पन्न भएको हो । संस्थाका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र गिरीको अध्यक्षतामा भएको भेलामा केन्द्रिय अध्यक्ष गोविन्द्र विक्रम गिरीको प्रमुख आथित्यता रहेको थियो । उक्त केन्द्रिय कार्यालयको घर जग्गा व्यावस्थापनका लागी विभिन्न जिल्ला तथा प्रदेशका पदाधिकारीहरुले रु १३ लाख २५ हजार ८ सय २१ रुपैया घोषण गरिएको छ ।
रकम घोषणा गर्ने तमाम सदस्यहरुले अन्य सहयोगी दातालाई समेत सहयोग गर्न आग्रह गर्र्दै केन्द्रिय कार्यलयको घर निर्माण गर्न आब्हान गरेका छन । लुम्विनी प्रदेशले आर्थिक सो्रत संकलनका लागी महत्वपुर्ण भुमिका खेलेको बताउंदै यो अभियान सातै प्रदेशमा आयोजना गरिने र सातै प्रदेशमा घोषण गरेको रकम कार्यनयनमा लागी केन्द्रिय कार्यलय व्यावस्थापन गर्नका निम्ती आगामी २८ चितवनमा हुन बैठकमा पेश गर्ने केन्द्रिय महासचिव असोक गिरीले जानकारी दिनु भयो । समाजको कर्णाली प्रदेश स्तरको भेला यही फागुन २३ गते सुर्खेतमा हुने भएको छ भने सुदुरपश्चि भेला २५ गते हुने नेपाल दशनामी समाजका केन्द्रिय ज्येष्ट सदस्य मजेरी गिरीले जानकारी दिनु भयो ।


प्रतिक्रिया