Developed By Kuldeep Sharma

२ महिना अगाडि

प्रेम त्याग मुभी सिरिज रिलिजको तयारी पुरा

नेपाली कथानाक चलचित्र प्रेम त्याग सिनेमाको रिलिजको तयारी पुरा भएको बताइएको छ । बिकास पुन मगरको निर्देशनमा तयार गरिएको सिनेमा युनिसा इन्टरटेन्टमेन्ट नामक युटुब च्यालन बाट यही फागुन २३ गते बुधबार बिहान साभार गरिने पुनले जानकारी दिए । अरुन सुनारले छायांकन गर्नुभएको सिनेमा मा कलाकार सोनिया वि.क बिकास पुन मगर नवराज पौडेल, , विकास पौडेल, प्रविन सुनार, रोशन सुनार अर्जुन प्रसाद उपाध्याय,इन्द्रकला बुढा मगर , दिपक हिताल मगर, प्रमोद पौडेल पुनम पोख्रेल, रोशनी गुप्ता लगाएतले अभिनय गरेका छन । हिमाल घर्ती मगरको शब्द संगित स्वर रहेको छ ।भने दोन्द निर्देशन नवराज पौडेलले गरेका छन । सोमबार सम्पादनको काम सकिए पशचात पत्रकार सम्मेलन गरि बुधबार बिहान युट्युवमा राखिने र दर्शकले हेर्न मिल्ने बताइएको छ । निर्देशक पुनले यो पहिलो भाग दर्शकले माया गरिदिएमा अर्को भाग छिट्टै बजारमा ल्याउने तयारी गरेको बताए । सिरिज निर्माणमा सहयोग गर्ने शिवराज नगरपालिकाको कार्यलय, युनिसा डिजिटल स्टुडियो चन्दौटा, शिवराज आधारभुत अस्पताल, स्वोर्गद्वारी होटेल धानखोला, भट्टराई इलेक्ट्रोनिक एण्ड वाइरिङ सेन्टर खरेन्द्रपुर, रमेश फेन्सी एण्ड कस्मेटिक खरेन्द्र्पुर , अर्याल फेन्सी स्टोर खरेन्द्रपुर, शिवराज मोबाइल सेन्टर चन्द्रौटा, पौडेल तरकारी तथा किराना पसल खरेन्द्रपुर टि.एम.टि ट्याटु स्टुडियो काठमाडौ लगाएत सम्पूर्ण सहयोगी संस्थालाइ धन्यवाद ज्ञापन गरिएको छ । यसै गरि मिडिया पाट्नर रेडियो समानता १०५ थोप्लो ४ मेघाहर्ज र मोफसल अनलाइन लाई समेत विशेष आभार प्रकट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma