Developed By Kuldeep Sharma

२ महिना अगाडि

अन्तराष्ट्रिय श्रमिक महिला दिवस चन्द्रौटामा मनाईयो ।।

मोफसल खवर २७ फागुन
११४ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस चन्द्रौटामा मनाईएको छ । शिवराज नगरपालिकाको सहयोग र ११४ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मुल आयोजक समितिको आयोजनामा दिवस मनार्ईएको हो । शिवराजमा आवद्ध १३ औटा संस्थाहरुले कार्यक्रम सम्पन्न गर्न सहजीकरण गरेका थिए ।
कार्यक्रममा महिला अधिकारकर्मी पुष्पा रेग्मीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रेग्मीले महिलाहरुको आर्थिक, सामाजीक र रोजगार सहितको अधिकार महिलाहरुलाई दिनुपर्ने वताउनुभएको छ । उहांले श्रमीक महिलाहरुको अवश्था , दिवसको सुरुवातको विषयमा कार्यपत्रवाट प्रष्ट पार्नुभएको हो । लुम्विनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसिले महिलाहरुको हरेक क्षेत्रमा वरावर अधिकार प्रत्याभुत गर्नुपर्ने वताउनुभएको छ । उहांले पछिल्लो समय नेपालको संविधानले महिलाहरुलाई अधिकार सम्पन्न गराएको वताउनुभएको ।
शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले शिवराज नगरपालिकाले महिलाहरु रोजगार वनाउने उदेश्यले विभिन्न सिपमुलक तालीमहरु संचालन गरिरहेको वताउनुभएको छ । नगरप्रमुख थापाले महिलाहरुलाई रोजगारीमा प्राथमीकता दिनुपर्ने वताउनुभएको हो । यस्तै व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले महिलाहरुलाई सनातन धर्ममा उच्च स्थानमा राखिएकाले हाम्रो समाजमा पनि उच्च स्थानमा राख्नुपर्ने वताउनुभएको हो । उहांले श्रमिक महिलाहरुको ज्यालामा सम्मान पंहुच हुनुपर्ने वताउनुभएको हो । महिलाई आर्थिक राजनैतिक र सामाजीक क्षेत्रमा वरावर अवसर दिनुपर्ने वताउनुभएको हो ।
कार्यक्रममा शिवराज साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद पोख्रेल , होटल तथा रेष्टुरेण्ट व्यवासायी संघका अध्यक्ष लेखनाथ घर्ती आफन्त नेपालका क्षेत्रीय संयोजक केशर विश्वकर्मा लगाएतले दिवसको अवसरमा सुभकामना व्यतm गरेका थिए । कार्यक्रमको संचालन तथा सहजिकरण महिला अधिकारकर्मी मिना परियारले गर्नुभएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma