Developed By Kuldeep Sharma

७ महिना अगाडि

एभरेष्ट बैंक चन्द्रौटा द्धारा विद्यार्थीलाई वित्तिय साक्षरता तालिम प्रदान ।।

 

नवराज पौडेल कपिलवस्तु ।।
चैत्र ०६ गते मंगलबार

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको एभरेष्ट बैंक लिमिटेडले वित्तिय साक्षरता तालिम सम्पन्न गरेको छ । शिवपुरमा रहेको नेपाल आर्दश बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई बैंकिङ सेवाको बारेमा जानकारी गराइएको शाखा प्रबन्धक मनोज रिमाल ले जानकारी दिनुभयो । बैंकको वार्षिक कार्यक्रम अनुसार मंगलबार एक कार्यक्रमका विच विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै रिमालले तालिम सिक्ने र सिकाउने प्रक्रिया भएकाले आफूले पनि धेरै कुरा सिक्ने मौका पाएको साथै प्रशिक्षार्थीको जोश, जाँगर र क्रियाशिलताले गर्दा नै तालिम सफल रुपमा सम्पन्न भएको र यसको नतिजा भने समूदायमा गएर तालिम दिएपछि मात्र थाहा हुने बताउनुभयो , उहांले तालिममा सिकेको सिप संस्था र समूदायको लागि सम्पत्ति हुनुपर्ने कुरामा जोड दिए ।
बैंक तथा वित्तीय संस्थाहरूबाट प्राप्त सेवा, सुविधा धेरैभन्दा धेरै जनताले उपयोग गरेको अवस्थामा प्रभावकारी मागमा वृद्धि हुने, छरिएको आयबाट बचत परिचालन गर्न सकिने, कर्जा तथा लगानी गरी आर्थिक कृयाकलापलाई वृद्धि गर्न सकिने भएकाले प्रशिक्षण दिएको बताउनु भयो ।

विद्यार्थीहरुलाई प्रशिक्षण दिंदा समुदायका आम जनताहरू वित्तीय रूपले धेरै साक्षर हुने हुदां एभरेष्ट बैंक चन्द्रौटा शाखाले विगत वर्षहरूदेखि नै वित्तीय साक्षरता सम्बन्धी विभिन्न विद्यालय तथा समुदायमा प्रशिक्षण दिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma