Developed By Kuldeep Sharma

१ महिना अगाडि

आशा लघुवित्त वित्तिय संस्थाको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न ।।

नवराज पौडेल कपिलवस्तु
चैत्र ८ गते विहिबार ,,

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको आशा लघुवित्त वितिय संस्था लिमिटेडले वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ ।
संस्थाले समुहमा रहेका महिला दिदिबहिनीहरुलाई बैंकिङ सेवाको बारेमा जानकारी गराइएको शाखा प्रबन्धक मनोज सागर चौधरी ले जानकारी दिनुभयो ।

लघुवित्त वित्तिय संस्थाको वार्षिक कार्यक्रम अनुसार विहिबार एक कार्यक्रमका विच शिवराज नगरपालिका वडा नम्वर ५ को सभाहलमा प्रशिक्षण दिइएको हो ।
कार्यक्रमलाई सम्बोधन गदैै यो संस्थाले विपन्न समुदायलाई ज्ञान दिने , सिप सिकाउने र कर्जा लगानी लगाउने भएकोले वित्तिय साक्षरता सम्बन्धी तालिमको आयोजना गरि प्रशिक्षण दिएको चौधरीले बताउनु भयो ।
पछिल्लो समय वित्तिय साक्षरताको कमी हुंदा लघुवित्त संस्था प्रति नकरात्मक प्रभाव परेकाले समुदाय स्तरमा वित्तिय साक्षरताका कार्यक्रम संचालन गर्न आवश्यक रहेको कर्जा विभागका प्रमुख सुर्य नारायण पुरीले बताउनु भयो ।

कार्यक्रममा वडा नम्वर ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेलबासे, अकोराव लुम्विनी प्रदेश अध्यक्ष राजु खराल लगाएतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रम सस्थाका पदाधिकारी रमेश अधिकारीको स्वागत मन्तव्य र पम्फा थापाको संचालन मा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma