Developed By Kuldeep Sharma

१ महिना अगाडि

छाडा चौपाय को निशुल्क उपचार गदै आर्चाय

छाडा चौपाय को निशुल्क उपचार गदै आर्चा ,,

नवराज पौडेल कपिलवस्तु

चैत्र १० गते

कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ निवासी माधव आर्चायले २ वर्ष देखी निशुल्क रुपमा गाईको उपचार गर्दै आउनु भएको छ । विगत १० वर्ष देखी खरेन्द्रपुरमा यस क्षेत्रमा अर्पण एग्रोभेट संचालन गर्दै आउनुभएका आर्चायले विगत २ वर्ष देखी शिवराज नगरपालिकाका विभिन्न ठांउमा विरामी भएका गाडीले ठक्कर दिएर घाइते भएका तथा गाइमा लाग्ने लम्कीस्कीन रोग लागेका करिव २०० गाईगोरुको उपचार गरेको उहांले बताउनु भयो ।


शनिबार विहान शिवराज नगरपालिका वडा नम्वर ४ समिती फिल्डमा एउटा गोरु लाई निर्घात कुटपिट गरिएको जस्तो थियो । अचेत अवस्थामा रहेको गोरुलाई समेत फिल्डमै पुगी औषधी उपचार गर्नुभएको छ । नत उहांलाई नगरपालिकाले उपचार खर्च दिएको छ । नत कुनै व्याक्तीले नै, सेवा नै धर्म भन्ने सोच भएको आर्चाय आफ्नै लगानीमा औषधी गर्दै आउनुभएको छ । यता नगरपालिकाले छाडा चौपायको व्यावस्थापन गर्न नसक्दा प्राय सडक दुर्घटनामा परि दिनहु गाइ घाइते हुनुका साथै मरिरहेका छन भने किसानको वाली नस्ट भएको छ । यसतर्फ नगरपालिको ध्यान कहिले पुग्ने भन्दै किसानले गुनासो समेत गरेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma